१९ श्रावण, नेपालगञ्ज /
जिल्ला प्रहरी कार्यालय मातहतको प्रहरी इकाइ कार्यालयबाट खटिएका प्रहरीहरुले बिहिबार भारतबाट भन्सार छली नेपाल तर्फ ल्याइरहेको ठुलो संख्यामो चल्ला बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार भन्सार छली सामग्री सहित पाँच जना जना भारतीय नागरिक पक्राउ गरेको छ । बर्दियाको वढैयाताल गाउँपालिका स्थित डाँफे गाउँमा भारतबाट भन्सार छली पैठारी गरेको अवैध ब्रोइलर कुखुराको चल्ला सहित उनीहरुलाई पक्राउ गरेको हो ।
भारतको उत्तरप्रदेश अन्र्तगत बहराईच जिल्लाको मोतीपुर थाना इसरापुर ग्राम निवासी २७ वर्षीय पप्पु यादव, ३९ वर्षीय सलिम खाँ, ३३ वर्षीय नसिव खाँ, ४५ वर्षीय मुल्हे मनिहार र २० वर्षीय राहुल खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिनुभएको छ।
उनीहरुबाट ३३ वटा पेटीमा नेपाल भित्र्याईएको २ हजार ६ सय गोटा अवैध भारतीय व्रोईलर कुखुराको चल्ला पक्राउ गरिएको उनले जानकारी दिनुभएको छ । करिव १ लाख ९४ हजार मुल्य बराबरको अबैध चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट गुलरियामा बुझाइएको छ । ‘पक्राउ परेका व्यक्तिबाट पाँच थान साइकल समेत बरामद गरेको छ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा थप अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ । अवैध चल्ला नष्ट गरिने पशु क्वारेन्टाइन चेकपोष्ट बर्दियाका पशु स्वास्थ्य प्राविधिक अजय प्रसाद साहले बताए । उनले भने‘ आवश्यक अनुसन्धान भैरहेकाले छली गरेका व्यक्ति ठहर भए उनीहरुलाई समेत कारवाही गर्छौ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को बर्खिलाप हुनेगरी पशुपंक्षी, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामाग्री निकासी, पैठारी गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।
यसैबीच प्रहरीले गुलरिया नगरपालिका वडा नम्वर ११ स्थित मोहम्मदपुर गाउँको बोर्डर नजिक भारतबाट भन्सार चोरी पैठारी गरी नेपालतर्फ वेवारिसे अवस्थामा राखिएको कष्मेटिक सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार कष्मेटिक सामान राखिएको ४ वटा कार्टुन, प्लाष्टिक बोरा १ थान, प्लाष्टिक झोला ४ थान गरी करिव १ लाख १३ हजार रुपैयाँ बराबरको सामाग्री फेला पारिएको डीएसपी खड्काले बताउनुभएको छ । भारतबाट नेपालतर्फ कुखुरा तस्करी गरेर ल्याउदा स्वाइन पmल्यू पनि सर्नसक्ने सम्भावना बढी रहेको थिए यस तर्फ सिमा क्षेत्रमा थप निगरानी बढाउन अति आवश्यक रहेको छ ।
हाम्रो संरचना । १९ श्रावण २०७४, बिहीबार १५:१४