२० श्रावण, नेपालगञ्ज /भारी बर्षका बीच चितवनको भरतपुरको वडा नम्बर १९ का मतदाताले आज पुनः मतदान गरीरहेका छन । जनताले दिएको मत माओबादीले च्यातेर बिवाद उत्पन्न भएपछी गणना स्थगित गरिएको र उक्त बिषय सर्वोच्मा पुगेको थियो ।
माओबादीले च्यातेर बिवाद उत्पन्न भएपछी निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज शुक्रबार निर्वाचन हुन लागेको हो ।
मेयरका लागि माओवादी केन्द्रका तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् । महानगरका जम्मा २९ मध्ये २७ वडाको परिणाम आइसकेको छ । वडा नम्बर १९ मा शुक्रबार मतदान भएपछि वडा नम्बर २० को मत पनि एकैचोटि मतगणना हुनेछ ।
भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगन्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर मावि बखानपुरमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मतदान स्थलको सय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । २० श्रावण २०७४, शुक्रबार ०९:०१