राजश्व छलिमा नेपालगञ्ज प्रहरीले पक्राउ गर्छ, कोहलपुर राजश्वले के गर्छ थाह छैन ?

२१ श्रावन,नेपालगञ्ज/ जिल्ला प्रहरी कार्यालय बांकेको प्रहरी टोलीले नेपालगञ्जको वडा नम्बर १६ जैसपुरमा करीब १ लाख ४९ हजार ७ सय ९० रुपैया बराबरको समान पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले २ दिन अघि मात्र करीब ३ लाख बराबरको भारतबाट तस्करी गरी ल्याएको समान पक्राउ गरी  कानुनी कार्वाही अगाढी बढाएको भोली पल्ट बांके प्रहरीले पनि तस्करीको समान पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेका अनुसार शुक्रबार नेपालगञ्जको भन्सार नजिकै जैसपुरमा लुकाई राखेको बिभिन्न किसीमका कपडाहरु तथा अन्य केही समान रहेका छन ।

बर्दियामा भन्सार छली समान तस्करी गर्ने मान्छे पक्राउ परी कानुनी कार्वाही पक्रिया अगाढी बढाइएको छ भने बांकेमा बिशेष गरी राजश्व छलीको मुद्धा ब्यक्ती पक्राउ नपर्ने गरेको छ ।

पक्राउ परेको समान प्रहरी आवश्यक कानुनी प्रक्रिया पुरा गरी कोहलपुर स्थित मध्य तथा सुदुर पश्चिाम क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँकेमा पठाईएको प्रहरी जनाएको छ । प्रहरी पकउ गरी आवश्यक कार्वाहीका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाउने गरेको बिषयमा राजस्व अनुसन्धान कार्यालयले सार्वजनिक गर्ने गरेका छैनन ।

त्यस कार्यालयमा यस अघि राजश्व अनुसन्धान बिभागको कोहलपुर स्थित मध्य तथा सुदुरपश्चिमाञ्चल कार्यालयमा कार्यरत अनुसन्धान अधिकृत भिम प्रशाद घिमीरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहीलाई अख्तियार अनुसन्धान अयोगले ५ लाख ७० हजार रुपैया नगद नै लगी भष्टाचार गरेको अवस्थामा रंगे हात पक्राउ गरी अनुसन्धान कार्य अगाढी बढाएको थियो । अयोगले साउन १ गते आईतबार बिशेष अदालत काठमाण्डौंमा मुद्धा दायर गरेको छ ।

सम्बन्धित शीर्षक