सरुवा भएका एसपीद्धारा आफनो कार्यकालको बृस्तित समिक्षा, नयां एसपीको पद बहाली

२२ श्रावण, नेपालगञ्ज/सुरक्षा तथा अन्य बिभिन्न कारणले अति सम्बेदनशिल जिल्लाको रुपमा रहेको बांके जिल्लामा सम्भव त आज जनपद प्रहरी बांकेको जिम्मेवारी टेक बहादुर तमांगले सम्हालनु हुनेछ । 

अनुसन्धानका ज्ञाता रहनुभएको टेक प्रसाद राईले आफुले सम्हादै आएको प्रहरी प्रमुखको जिम्मेवारी यस अघि राष्ट्रिय अनुसन्धान आयोगको कार्यालयमा कार्यरत रहनुभएका टेक बहादुर तमांगलाई हस्तान्तरण गरीने बताउनु भएको छ ।

बांके जिल्लामा १८ महिना कार्यरत प्रहरी उपरीक्षक टेक प्रसाद राईले सुरक्षा तथा समाजिक रुपमा बांके जिल्ला अति संबेदनशिल जिल्ला भएको र यसलाई सहि मार्गमा डो–याउने यहांका प्रबुद्ध बर्गको जिम्मेवारी कांधमा आएकाले यसलाई बहन गर्न सबै लाग्नु पर्ने पत्रकार सम्मेलन गरी बताउनु भएको छ ।

प्रहरी राष्टसेवक भावनाले काम गरेमा सबैले आसा र भरोसाको रुपमा लिने र बांके जिल्लामा पनि धेरै ठाउंबाट राष्टसेवकको माग आएको बताउदै सबैले आ–आफनो इमान्दारीता र निष्ठाका साथ काम गरेमा समाजमा शान्तिका साथ समृद नेपाल निर्माणमा टेवा पुग्ने बिचार ब्यक्त गर्नुभयो ।
१८ महिना आफु कार्यरत रहदा हाल सम्म बांके जिल्लाको प्रहरी संगठनले गरेका राम्रा–नराम्रा सम्पूर्ण कामको पारदर्शि ढंगले पत्रकार सम्मेलन गरी समिक्षागत प्रस्तुत गर्नुभएको थियो ।

सामाजिक रुपमा घटेका बिभिन्न घटनाहरुलाई तथ्याकको आधारमा बिश्लेषण गदै समाजमा बिगत भन्दा झन–झन बढी घटना भएका बिषयमा न्यूनीकरण गर्न योजनाका साथ लागेमा नियन्त्रण गर्न सकिने बताउनु भयो ।

बांके जिल्लामा प्रहरीले सर्बशुलभ ढंगले सबैलाई सेवा दिनका लागी जनताको सजिलै पहुच हुन र आवश्यक कानुनी बिधि, प्रक्रियाका लागी सर्वशुलभका लागी बिभिन्न प्रयास गरेको जानकारी दिदै, निवेदनको फर्म देखी, आवश्यक फांट बनाई जनताको लागी प्रहरी सेवक भएको महसुश गर्नेगरी हाल सम्म गरीएका बिभिन्न कार्यक्रम तथा घटना बिश्लेषण गदै स्थानिय शान्ती सुरक्षा तथा सामाजिक सदभाव कायम राख्न मिडीयाले पु–याएको योगदानको प्रहरी संगठनले बिर्सन नहुने बताउनु भयो। सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक, निरीक्षक तथा अन्य जुनियर अधिकृत र पत्रकारहरुको सहभागीता रहेको थियो ।
सोमबार देखी प्रहरी प्रमुखको जिम्मेवार सम्हालन आउन लाग्नु भएका टेक बहादुर तमांग गितकार पनि हुनुहुन्छ भने यस अघि नै अञ्चल प्रहरी कार्यालय भेरीमा कार्यरत महेश बिक्रम शाह साहित्यकार एवम लेखक हुनुहुन्छ ।