कोहलपुरका ब्यापारी नेताको सपथ कार्यक्रम सम्पन्न

  • सरला सुबेदी
    २४ श्रावण,कोहलपुर 

कोहलपुर उद्योग वाणिज्य संघका नवनिर्बाचित कार्यसमितिको सपथ तथा पदभार ग्रहण कार्यक्रममा गराएको छ। सो कार्यक्रममा कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पाँच नम्वर प्रदेश अध्यक्ष गुणनिधी तिवारीले राज्यले वाणिज्य क्षेत्रलाइ विशेष महत्व दिन र आर्थिक पाटोलाई बलियो गराउदै लैजाने हो भने उद्योग बाणिज्यको बिकासको आवश्यक रहेको बताउनु भएको छ ।

उहांले वाणिज्य क्षेत्रले मुलुकको अर्थतन्त्रलाई सबलिकरण गर्न विशेष भूमिका निर्वाह गर्दै आएको भएपनी राज्य पक्षले वाणिज्य क्षेत्रलाई विशेष महत्व नदिएको टिप्प्णी गर्नुभयो ।
उद्योग वाणिज्य क्षेत्रले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको र राज्यले उद्योग क्षेत्रको विकासका लागि विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोहलपुर नगरपालीकाका मेयर लुटबहादुर रावतले कोहलपुर नगरपालिका र उद्योग वाणिज्य संघ मिलेर समृद् कोहलपुर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

रावतले कोहलपुरका व्यापारीहरुले सडक पेटिमा व्यवसायिक सामानहरु राख्ने गरेकाले तत्काल सामानहरु हटाउन र उनिहरुको व्यवसायलाई कहि कतै व्यापार संघ ले सटर हरु निर्माण गरेर व्यवस्थित गराएमा मात्र सबै कुराको व्यवस्थि हुने बताउनु भयो । अव्यवस्थित व्यापारलाई व्यवसस्थित बनाउन कोहलपुर उद्योग वाणिज्य संघको नव निर्वाचित कार्यसमितिलाई आग्रह गदै कोहलपुर को उद्योग वाणिज्य बिशुद्द व्यापार गर्ने व्यापारीहरुको व्यापारिक थलो बनोस भन्दै सफल कार्यकाल को शुभकामना पनि व्यक्त गर्नु भएको छ ।
।कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष अशोक कोइराला,नेपाली काँग्रेस क्षेत्र नं। १ का क्षेत्रिय सभापति माधवराम पनि बोल्नुभएको थियो ।
गत श्रावण १५ गते निर्वाचनबाट निर्वाचित २२ सदस्यीय कार्यसमितिका पदाधिकारीहरुलाई कोहलपुरमा भव्य कार्यक्रमका बीच पदभार तथा सपथ ग्रहण गराइएको हो ।

वाणिज्य संघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नमप्रसाद शर्मा, उद्योगतर्फको उपाध्यक्षमा प्रदिप भट्टराई, वाणिज्यतर्फको उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा तेजप्रसाद अधिकारी, उप-महासचिवमा मातृका सापकोटा,कोषाध्यक्षमा सुनिल खनाल, सह-कोषाध्यक्षमा ईश्वर श्रेष्ठ विजय भएका थिए ।
त्यस्तै वस्तुगत सदस्यमा देवीसिंह खड्का निर्विरोध विजयी भएका थिए भने ज्ञानेन्द्र खनाल र रेखीराम विकको समान ३÷३ मत प्राप्त गरेपछि दुबैजनाले आधा–आधा कार्यकाल काम गर्ने गरी निर्णय भएको छ ।

त्यस्तै महिला सदस्यमा संगिता सुवेदी र अन्जना धिताल विजय भएकी थिईन् ।
खुल्ला सदस्यहरुमा सीता कार्की, चण्डी प्रसाद गैरे, नविन खड्का, दिपक बहादुर भण्डारी, पे्रमराज सुवेदी, खुम बहादुर खत्री, धन बहादुर बुढा क्षेत्री, तेज बहादुर शाही, टिकाराम देवकोटा र भुपेन्द्र प्रसाद काफ्ले विजयी भएका थिए।