राष्ट्रिय वन दिवस श्रावण २४-२६ सम्म बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै, बांकेमा अन्तर संवाद तथा बृक्षारोपन

श्रावण २४,कोहलपुर
सामुदायिक वन राष्ट्रीय दिवसको अवसरमा मंगलबार जिल्ला वन कार्यलय बांकेको संयोजकत्वमा कोहलपुर को सिद्दिविनायक सामुदायिक वनमा अन्तर सवाद कार्यक्रम सम्पन्न भएको छ । 

अन्तर सवाद कार्यक्रमका प्रमुख अतिथी बुद्धि रिजालले जैविक विबिधता सरक्षण गर्नको लागी सामुदायिक वनले विशेष योगदान पुर्याएको र अझै पनि जुन उदेश्यका साथ सामुदायिक वन गठन भए सो अनुसार सामुदायिक वनहरु नचलेको कुरा बताउनु भयो ।

रिजालले सामुदायिक वन अबका दिनमा पनि सामुदायिक वनकै रुपमा जनताको धनको विरासतको रुपमानै सामुदायिक वन रहने र समुदायिक वनलाई सुधार्न को लागी सुशासनको पाटो लाई बलियो गराउनु पर्ने बताउनु भयो ।
सामुदायिक वन बाट आर्थिक क्षेत्रमा सुधार गर्नको लागी सामुदायिक वनको संस्था हरुलाई सुददृढीकरण गर्ने क्षमता अभिबृद्द्धि गर्ने र सामुदायिक वन भित्र भएका स्रोत र साधनलाई सहि सदुपयोग गर्ने हो भो जनताको आर्थिक पाटो पनि बढने कुरा बताउनु भयो।
जिल्ला वन कार्यलयले अहिले सम्म सामुदायिक वन बिकासको लागी गरेका कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।

जिल्ला वन कार्यालय बांकेका अधिकृत पुष्पराज वर्तौलाको अध्यक्षतामा भएको उक्त संवाद कार्यक्रम सामुदायिक वन महासङ बांकेका अध्यक्ष डिल्ली गिरिको बिषेश आतिथ्यतामा सम्पन्न भएको थियो।
राष्ट्रिय वन दिवस २४,२५,२६ गते अभियानको रुपमानै मनाउने क्रममा केही सञ्चार कर्मि र कोहलपुर नगरपालिका भित्रका सामुदायिकब वनका प्रतिनिधि हरुसंग सामुदायिक वनको संरक्षण सम्बद्धन र सदुपयोग को बारेमा छलफल गरिएको थियो।
यसै गरि अजा २५ गते सिर्जना सामुदायिक वनमा वृक्षारोपण गरिने र नगर उड्यान उद्घाटन कार्यक्रम र २६ गते शम्सेरगञ्जमा छलफल तथा अन्तरकृया कार्यक्रम गर्ने हभियान अन्र्तगतको योजना रहेको बतायएका छ।

ब्यापारीक बिज्ञापन हो ।