बांके,बर्दिया र दाङमा बाढीको कहर,४ जनाको मृत्यु,पूर्वि नेपालमा पनि ठुलो जनधनको क्षती

बाँकेको  राप्ती सोनारी–४ लालपुरका कबिराज थारुको घरमा बाढीको पानी पसेर घर भत्किदा १२ वर्षिया अञ्जु थारु, ९ वर्षकी सरीता थारु र ७ वर्षकी सुस्मिता थारुको घरले पुरिएर मृत्यु भएको हो .

२८ श्रावण,नेपालगन्ज / शुक्रबार सांझदेखी रातभरी परेको वर्षापछि आएको बाढीका कारण बाँकेको  राप्ती सोनारी–४ लालपुरका कबिराज थारुको घरमा बाढीको पानी पसेर घर भत्किदा १२ वर्षिया अञ्जु थारु, ९ वर्षकी सरीता थारु र ७ वर्षकी सुस्मिता थारुको घरले पुरिएर मृत्यु भएको हो । बाढीबाट जोगिन घरको छतमा बसेका उनीहरु घर नै भत्केपछि च्यापिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका बांकेका अनुसार कबिराज थारुको श्रीमती पनि बेपत्ता हुनुभएकोे छ । यसैगरी लालापुरमा नै मकैबारीमा एकजना पुरुषको बेवारिसे शव पनि भेटिएको छ ।  पानीमा डुविराखेको अवस्थामा भेटिएको शवको भने सनाखत हुन सकेको छैन ।
राप्ती सोनारीको वडा नम्वर ६ र ७ पुरै डुबानमा परेको छ । १ देखि ५ सम्मका वडापनि बाढीले प्रभावित भएका छन् । बाढीमा फसेका मानिसको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलका अनुसार उद्धारका लागि सबै सयन्त्र परिचालित भएको बताउनु भएको  छ । डुडुवा गाउंपालीकाको वडा नम्वर ४ र ५ मा डुडुवा खोला पसेको छ । राप्ती सोनारीको कचनापु, टिकुलीपुर गाउँ डुबानमा परेको छ ।
राप्ती नदी किनारका होलिया, फत्तेपुर, कचनापुर, बिनौना र बैजापुरमा बाढीमा फसेका नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरिरहेका छन् ।  बाढीले नेपालगन्ज, कोहलपुर पनि डुबानमा छ ।

 

त्यसैगरी पूर्बी नेपालको तराई जिल्ला सुनसरीको इटहरीमा टेङ्ग्रा खोला र बुढी खोलामा बाढी आउँदा ६ जनाको ज्यान गएको छ । बाढीले बगाउँदा अहिलेसम्म इटहरीमा पाँच जना र मनहरामा एकजनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार ६ जनाको शव भेटिएको छ । बाढीले इटहरी–३ गैरी गाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ इटहरी–४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेस राई र ८ वर्षकी रुपसनी राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैगरी घरमा पानी पसे पछि इटहरी–४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी–२० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका ज्यान गएको प्रहरीले जनाएको छ । बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुद्ध भएकाले सूचना संकलन र उद्धारमा कठिनाइ भएको छ । शुक्रबार रातिको तुलनामा शनिबार बिहान बाढी घटेको छ तर पानी परिरहेकाले खतरा भने टरेको छैन ।
रातिदेखि नै इटहरी क्षेत्रमा विद्युत सेवा समेत अबरुद्ध छ । सडक पूरै बाढीले ढाकेर गाडी चल्न सकेका छैनन् । बाढीले इटहरीमा रहेको नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुबानमा परेको छ । नेपाली सेनाको हेलिकप्टर बिहानैदेखि उद्धारमा जुटेको छ ।

लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह बढी रहेको छ । बिहानको मापन अनुसार सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ६९ हजार २ सय ५० क्युसेक पानी बहेको कोशी ब्यारेजले जानकारी दिएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् ।

बांकेको राप्ती नदि उफानमा video clicks here..by Rejina malla