बांकेमा पूर्वपश्चिम राजमार्ग बन्द,यात्रुहरु अलपत्र

दांगको तुल्सीपुर-घोराइमा क्षती भएको बाटोको तस्बीर

२८ श्रावण, नेपालगञ्ज/ रातभरी परेको पानीको कारण पूर्व-पश्चिम सडक खण्डको कोहलपुर– कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धौली नालाको पुल बगाउदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । 
अगैयादेखि ८ किलोमिटर पूर्व रहेको गाभर खोला र ४ किलोमिटर पश्चिम रहेको गन्धौली नालामा सडक बिभागले डाईभर्सन निर्माण गरी बाटो सुचारु गर्नको लागि पहल गरे पनि ती खोलामा पानीको बाहव तीब्र भएको कारण हुन सकेको छैन । सयौं यात्रुहरु अलपत्र परेको स्थानिय बासिन्दाहले जानकारी गराएका छन ।

पूर्वपश्चिम राजमार्गको अगैदेखी पूर्व गन्धैली पुलको साइडबाट बाढीले बाटो बगाएपछी राजमार्ग अबरुद्ध भएको छ । राजमार्ग सुचारु गर्न केही दिन लाग्ने अवस्था रहेको छ । फोटो:अम्मर खडका

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बाढीबाट प्रभावित हुने स्थानहरुको पहिचान गरी क्षति न्यूनिकरण गर्न र हुनसक्ने जोखिबाट बचाउन विभिन्न टोलि परिचालन गरेको र केही तयारी अवस्थामा राखेको जानकारी दिए । जिल्लाको सबै सयन्त्रहर परिचाल गरी दैबि प्रकोपमा परेको उद्धार गर्ने काम गरीरहेको र त्यसपछीका समस्या समाधानका लागी दैबि प्रकोप उद्धार समितीले आवश्यक्ता बमोजिम काम गर्ने गरी अगाढी बढीरहेको जानकार दिनुभएको छ ।