नुवाकोटको रसुवाको साबिक लहरेपौवा–२ हाल उतरगया गाउँपालिका–५ बस्ने दिपक घले र रसुवाकै साबिक चिलिमे–९ हाल पार्वतीकुण्ड गाउँपालिका–५ बस्ने फुर्पु तामाङलाई ८ किलो १ सय ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
रसुवाबाट नुवाकोटतर्फ अबैध सुन तस्करी गरिरहेको भन्ने सुराकी सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले बिदुर नगरपालिका–१ स्थित चेकप्वाईन्ट राखी जाँच गर्ने क्रममा रसुवाबाट नुवाकोटतर्फ आउँदै गरेको बा.५५ प ८०६७ नम्बरको मोटरसाइकलमा सवार तामाङको साथबाट २ केजी १ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सुनका सम्बन्धमा मोटरसाइकल चालक घलेलाई सोधपुछ गर्दा मोटरसाइकलको चक्का र धुरा अडाउने कैचीमा राखेको बताएपछि मिस्त्रीको सहयोग बिस्कुट आकारको ६ पिसमा रहेको थप ६ केजी सुन बरामद गरी दुबैजनालाई पक्राउ गरेको हो ।
यता,मकवानपुरको हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.१२ च ६७९० नम्बरको कारका चालक सिराहको लाहान नगरपालिका–८ बस्ने ३५ वर्षीय नन्दकिशोर महतोलाई १ किलो सुन सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाईन्टमा जाँच गर्नेक्रममा उक्त कार चालकले नरोकी भागेपछि प्रहरीले पिछा गर्दै जाँदा सोही ठाउँस्थित चुरियामाई मन्दिर नजिकै फेला पारी महतोको साथबाट उक्त सुन बरामद गरी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालीहरुको महान चांड तिज तथा दशै आइरहेको र नेपालीलाई गहना खरिद गर्ने बानी भएकाले यो समयमा सुनको खपत बढी हुने गरेको छ । बुटवलबाट पश्चिम क्षेत्रमा केही समय अबरोध भएको गैर कानुनी सुन तस्करी पुन सुरु भएको स्रोतको दाबी रहेको छ । नेपालगञ्जमा सुनको गैर कानुनी रुपमा थोकको काम गर्ने ब्यक्तीहरुले एकातिर मिसावट र अर्कोतिर तोलामा रु १ हजार सम्म अतिरिक्तमुल्य लिएर साना पसले ब्यापारीलाई बिक्री गर्ने गरेकाले सुनको गुणस्तरमा कमि आएको बताइन्छ । । एक पटक बैकबाट खरिद गरेको सुनको कागज बनाएर महिनौं सम्म त्यही कागजबाट तस्करीको सुन बेच्ने र सुनमा २ देख ३ प्रतीशत सम्म् बिसावट गर्ने गरिएको तथ्य हालै आएर पोल खुलीसकेको छ ।
मिसावटको लागी १ केजी सुनमा लाग्ने छाप सीहत हाल नेपालगञ्जमै त्यो बिधि गर्ने काम केही ठाउंमा भइरहेको सुचना यस अघि जानकारी प्राप्त भएको छ ।
नेपालगञ्जमा केही दिन यता ठुलो परिणाममा सुन भित्रीएको स्रोतको दाबी रहेको छ । काठमाण्डौमा ३५ केजी सुन पक्राउमा संलग्न ब्यक्ती देखी बिभिन्न निकाय गठन गरेर काम गरेको प्रहरीले नेपालगञ्जमा कार्यरत रहे पनि नेपालगञ्जमा तस्करीको सुन किन समात्न सकेको छैन ?
सुनको गहनामा हाल सम्मकै उच्च्ररुपमा कमशल खालको रहेको र ग्राहकहरु ठगिएको भएपनी त्यसको गुणस्तर हेर्ने निकाय मौन भएकोमा त्यस क्षेत्रका ज्ञाताहरुले जिम्मेवार निकायले ध्यान दिन हनुरोध गरेका छन ।
सुर्खेतमा सुनको गुणस्तर जांच्ने मेशीन रहेको र नेपालगञ्ज जस्तो ठुलो शहरमा त्यो नहुदा उपभोक्ता आफु ठगिएको थाह नपाउन्जेल बिश्वास मानेको सुन पसलमै जाने भएकाले ठगिदै आएको सुन ब्यापारीहरुले बताउदै आएका छन । तस्करीको सुनको कारणले नेपालमा सरकारलाई राजश्वमा त ठगि हुन्छ नै त्यो भन्दा पनि ठुलो राष्ट्रि तथा अन्र्तराष्ट्रिय सुरक्षामा यसले ठुलो चुनौती थपिएको पाइएको बिज्ञहरुले बताएका छन ।
नेपाल सरकारले १० लाख भन्दा बढीको कारोबार बैक मार्फत गनै अनिबार्य गरेपनि यो प्रक्रियाले तस्करीको सुन कारोबार गर्ने केही भएपनी समस्या पारेको छ भने यो नेपालगञ्जको सन्दभमा भने नयां तरिका अपनाउन थालीएको पाइएको छ ।
हाम्रो संरचना । २९ श्रावण २०७४, आईतवार ०६:४०