२९साउन, रौतहट/ रौतहटको राजपुर फरहदवा चोकमा बाढीमा डुबेर ६ जनाको ज्यान गएको छ । जिल्लाको परोरा गाउँपालिका–३ का रामसेवक प्रसाद यादवकी बुहारीलाई सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गरेको जीप फरहदवा चोकमा बाढीमा डुब्दा चन्दन किशोर यादव, सरोज कुमार यादव, चन्दनकी गर्भवती श्रीमती, आमा भाउजु र छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला अस्पताल गौरमा सुत्केरी गराउन गइरहेका बेला गर्भवती र आफन्त बोकेको गाडी फरहदवा चोक नजिकै लाल बकैया नदीको बाढीमा डुबेको थियो । ज्यान गुमाउने पाँचजना एकै परिवारका सदस्य रहेको पनि प्रहरीले जनाएको छ ।
हाम्रो संरचना । २९ श्रावण २०७४, आईतवार १०:५०