बर्दियामा २ को मुत्यू, नेपालगञ्ज–गुलरीय सडक समेत बर्दियाको ८०% भाग जलमग्न

२९ श्रावण, बासगढी/  बबईको सतह अहिले १० मिटर नाघेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोखिमपूर्ण यो अवस्थामा सम्पूर्ण बासिन्दाहरुलाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानमा गई बसिदिन अपिल गरेको छ।
बर्दियाको बबई नदीको चेपाङमा पानीको सतह बढेर १० मिटर पुगेकोले बबई नदीमा आएको बाढीले खतराको सतह पार गरेको हो ।
६ दशमलव १ मिटर भएमा खतरा मानिनेमा अहिले १० मिटर पुगेकाले बबई नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न प्रमुख जिल्ला अधिकारी विष्णबहादुर थापाले आग्रह गर्नु भएको छ । बबई नदीको चेपाङबाट अबको ३ देखि ६ घण्टामा मानव बस्तीमा बाढी पुग्ने आँकलन गरिएकोथापाले जानकारी दिनुभयो ।
बाढीले ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र सदरमुकाम गुलरिया नगरपालिकाका विभिन्न बस्ती डुबानमा पर्ने जोखिम छ ।
शनिबार रातिदेखिको झरीले घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका–२ सत्ताघरुवाकी ७० वर्षका साउने थारुको ज्यान गएको प्रहरीले जनाएको छ । यो सँगै बर्दियामा वर्षाका कारण ज्यान जानेहरुको संख्या २ पुगेको छ । बर्दियाको ८० प्रतिशत भन्दा बढी भाग जलमग्न छ । पानी परीरहेकाले अझै बढी भाग डुबानमा पर्ने सम्भावना छ ।

बर्दिया लक्षमणा
बर्दिया भुरीगाउं मुख्य सडक र बजारको तस्बीर
बर्दिया डेउढाकला कुनैठी गाउंको तस्बीर

गुलरीया बजारको तस्बीर

सम्बन्धित शीर्षक