सुर्खेतको गुर्भाकोटमा ३ सहित बाढी र पहिरोमा परी हाल सम्म ५१ जनाको मुत्यू, २८ जना बेपत्ता-गृहमन्त्रालय

२९ श्रावण, नेपालगञ्ज/ लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी ५१ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।
बिहानसम्म मलुकका ११ जिल्लाहरु पाँचथर, सिन्धुली, मोरङ, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके,बर्दिया,मकवानपुर,सुर्खेत र पाल्पामागरी ५१ जनाको मृत्यु भएको गृहमन्त्रलायले जनाएको छ ।

मन्त्रालयले बाढीपीडितहरुको खोज,उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेकालाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराउने कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न उद्योगी,व्यवसायी,सामाजिक क्षेत्रमा क्रियाशिल संघ÷संस्थाहरुलगायत सबैमा अपिल गरेको छ ।नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ–आफनो तर्फबाट उच्च सतर्कता अपनाउन पनि गृहले अपिल गरेको छ । खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको गृहमन्त्रालयले बताएको छ ।

पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु

मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभएको छ ।

सुर्खेतको गुर्भाकोटमा ३ जनाको मृत्यु

अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा सुर्खेतको गुर्भाकोटमा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखी पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थित सिन्दुरखोला गाउँमा पहिरो आउदा शनिबार राति घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती विक्रम बुढा र १२ वर्षीय सरन बुढा छन् । गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आइतबार बिहान निकालेको थियो ।

सम्बन्धित शीर्षक