बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०, ३९ जना घाइते र  ३५ जना  बेपत्ता

३१,श्रावण नेपालगञ्ज/ अविरल बर्षापछि  बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०, ३९ जना घाइते र  ३५ जना  बेपत्ता छन् ।

बाढी पहिरो र डुबानबाट प्रभावित जिल्लाका ८० प्रतिशत भुभागका साथै हजारौं घर डुबानमा परेको र बाढीबाट मृत्यु भएका परिवारका प्रत्येक सदस्यलाई दुई लाखका दरले र घर मर्मत गर्न दस हजार रुपैयाँ वितरण समेत सुरु गरिसकिएको छ ।

 

गृह मन्त्रालयले नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत मधेसका जिल्लालाई केन्द्रित गरी राहत सामाग्री पुर्‍याएको छ  । बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख र घर मर्मत गर्न दश हजार रुपैयाँ वितरणसमेत सुरु भएको, ‘सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थान समेतको अभाव छ ।

बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको छ । रासस