पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको गुलरिया–मंगरागढी जोडने जब्दीघाट पुल एक बर्ष नबित्दै किन भास्सियो ?

गुलरिया, बर्दिया /  पप्पु कन्सट्रक्सनले निर्माण गरेको बर्दियाको गुलरिया – मगरागढी जोड्ने जब्दिघाट पुल निर्माणधिनको क्रममै  भास्सिएको छ । स्थानिय भादा नदिको सतह अधिक्तम बलौटे भएकोमा वेल सिगंकिगं बिधिको पिलर नबनाइएको र पिलरको दुरी टाढा बनाइएको लगायतको बिभिन्न प्राबिधिक कमजोरीका कारणले पुलको पिलर भासिएको स्रोतको दाबी रहेको छ ।

निर्माण हुनुपर्ने पुलको डिजाइन तस्बीरमा भएको जस्तो हुनु पर्नेमा तर त्यस्तो नबनाइकोले ठेकेदार र प्राबिधिकहरको लापरबाहीको कारणले उक्त पुल भत्कीयको प्राबिधिकहरको दाबी रहेको छ ।

नदिमा समान्य पानी आएको समयमा पनी पुल भत्कन सक्ने अवस्थाको पुलको डिजाइन र निर्माण कार्य बनाइएकोले उक्त पुलको पिलर भासिएको  स्रोत बताएको  छ ।

भौतीक अवस्था अनुसार पुल निर्माण गर्नुपर्ने पिलरको डिजाइन, पिलरको दुरी नबनाएकाले बर्दियाको  सदरमुकाम गुलरिया – मगरागढी जोड्ने जब्दिघाट पुल एक बर्ष नबित्दै भास्सिएको हो ।

 ४ सय २५ मिटर लामो जब्दीघाट पुल नेपाल सरकारको १६ करोड ६८ लाख ४ हजार रुपैँयाको लागतमा पप्पु कन्सट्रक्सनलाई शर्त सहित निर्माणको जिम्मेवारी दिएको थियो ।  पुल हस्तान्तरण नहुँदै भास्सिएकोले बर्दियाको सदरमुकाम गुलरिया र मगरागढीको सडक यातायात ठप्प हुन पुगेको छ ।

पुल निर्माण सम्पन्न भए लगत्तै संचालनमा आएपनि औपचारिक उद्घाटन भएको थिएन । पुल संचालनमा आएको वर्षदिन पनि नपुग्दै पुलको बिचको भागबाट भास्सिएपछी जनतामा निराशा र आक्रोस छाएको छ ।

पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले २०६८ असार २५ देखि निर्माण शुरु गरेको थियो । निमार्ण अवधी भन्दा डेढ बर्ष ढिलो गरि पुल निमार्ण सम्पन्न भएको थियो । ठेकेदारको लापरवाहीका कारण पुल जोखिममा परेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । तर सुनुवाई भएको थिएन । पुल भत्किएपछि आवागमन ठप्प भएको छ । पुल भएर सदरमुकामदेखि पुर्वपश्चिम राजमार्ग छोटो समयमा पुग्न सकिन्थ्यो । पुल भत्किएपछि सदरमुकाम देखि मगरागढी हुँदै पुर्व पश्चिम राजमार्गमा आउ-जाउ गर्न निकै समस्या भएको छ ।

पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले बर्दियाको राजापुरमा २ करोड ३२ लाखको र नौगदीमा २ करोड ६३ लाख सिचाई परियोजना निर्माण गरेकोमा दुबै परियोजनामा गुणस्तर कमजोर भएको भन्दै स्थानिय बासीले छानबनिको माग गर्दा पनि कसैले ध्यान नदिएको बताएका थिए । उक्त परियोजना ७ बर्ष अगाढी पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले नै निर्माण गरेको हो ।

पप्पु कन्ट्रक्सनले नेपालकोमा बि.स. २०४३ साल देखी सुरु गरेकोमा सुरुका दिनमा निर्माण गुणस्तरिय निर्माण गरेकोमा पछील्लो दिन निर्माणको लागी ठेक्का लि पेटी ठेक्का अरुलाई  दिदै आएकोमा सडक, पुल, सिचाई तथा भवन निर्माणमा न्यून-गुणस्तरको हुने गरेकोमा सरकारले यस तर्फ उचित कदम चालेको छैन ।
निर्माण क्षेत्रका केही ठेकेदार र राजनिती नाममा भ्रष्टाचारलाई बढवा दिने राजनेताको साठगांठले नेपालको निर्माण क्षेत्रमा कम गुणस्तरका भौतीक संरचना निर्माण हुने, केही समयमै भैतीक संरचना बिग्रीने र त्यसलाई मर्मत सम्भारका नाममा फेरी बजेट छुटयाएर राष्ट्रको ढुकुटी रित्याउने काम गरिरहेका लाई कानुनी दायरामा ल्याउनु पर्ने आवाज उठेपनि सरकारले यस तफ ध्यान दिएको छैन ।

हुलाकी राजमार्ग अन्र्तगत बिभिन्न ठाउंको पुल र सडक निर्माणको ठेक्का पुन लिएको छ । जुन की उक्त कम्पनीलार्य राज्यले नै जरिवाना र कालो सुचिमा राखी काम नदिने भन्ने बिषयमा हाल कार्यन्वयन गरेको छैन । उक्त घटनाका सम्वन्धमा जानकारी लिन ठेकेदारको काठमाण्डौ स्थित कार्यालयमा फोन सम्पर्क गर्दा कम्पनीको तर्फबाट फोन उठेन ।