नेपाली नारीहरुको आज हरितालिका तीज

८ भदौ,नेपालगञ्ज/  हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ ।

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ । विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा छ ।

भाद्र शुक्ल दुृतियाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्ती सहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ ।

हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ । नेपालगञ्जको बागेश्वरी, कोहलपुर पिल चौतारा वरपिरी, बर्दियाको बांसगढीमा महिलाहरुको समूह जुटेर नाच–गान गरेर यो पर्व मनाउने गर्दछन । तीजका लागि सरकारले आज सार्वजनिक विदा दिएको छ ।

तीज- 074

राष्ट्रपति  द्धारा तीजको अवसरमा शुभकामना

राष्ट्रपति बिध्यादेबी  भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  राष्ट्रपतिले बुधबार दिएको शुभकामना सन्देशमा मुलुकका राजनीतिक परिवर्तनसँगै महिलाका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको तथा हालै सम्पन्न र हुन गइरहेको स्थानीय तहको निर्वाचनले जगैदेखि महिला नेत्रीलाई स्थापित गर्ने काम गरेको उल्लेख गर्नुभएको छ ।

“यस नेतृत्वलाई परिपक्व ढंगले आफ्नो कर्तव्यलाई बहन गर्न महिलाहरु लाग्नुपर्छ ।” सन्देशमा भनिएको छ, “अबको यात्रा भनेको आर्थिक समुन्नतितर्फ देशलाई डोहोर्‍याउनु हो । यसका लागि हाम्रा महत्वपूर्ण चाड र पर्वले पनि यही सन्देश दिन सकुन् ।”

 

 

सम्बन्धित शीर्षक