हाम्रो संरचना बुधबार, अशोज १४, २०७७ 378 Views

 

बांकेका प्रजिअ रमेश के।सी। मार्फत प्रधानमन्त्री दैबी(प्रकोप उद्धार तथा राहत कोषका लागी रकम हस्तान्तरण गदै संकल्पका सदस्य एवम पत्रकार गोपी बुढा ।

११ भदौ,नेपालगञ्ज/ बांके जिल्लाका बाढी पिडीतहरुलाई सहयोगका लागी संकल्प, गोरखाले जिल्ला प्रशासन कार्यालय बांके मार्फत रु.२५ हजार नगद हस्तान्तरण गरेको छ । संकल्प संस्थाका सदस्य तथा पत्रकार गोपी बुढाले बांकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.मार्फत आइतबार उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

संकल्प,गोरखामा आवद्ध रहनुभएको सदस्य तथा शुभ चिन्तक र आपतको बेला एक–आपसमा सहयोग गनुपर्दछ भन्ने सेवाभावले स्व-स्फुर्त रुपमा संकल्पमा जम्मा भएको रकम मध्य बांके जिल्लाका लागी रु.२५ हजार आएकोमा बाढी पिडीतलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले उक्त रकम  प्रधानमन्त्री दैबी-प्रकोप उद्धार तथा राहत कोष मार्फत बांके जिल्लाका बाढी पिडीतहरुलाई सहयोगका लागी जम्मा गरिएको हो ।

बांके जिल्ला लगायत अन्य जिल्लामा पनि एक–आपसमा मिलेर जम्मा गरेको रकम आवश्यक्ता अनुसार समाग्री र नगद सहयोग गरिएको संकल्प, गोरखाले जानकारी दिएको छ ।