नेपालगञ्ज निवासी मन्त्री डिल्ली चौधरी लार्ई दांगमा स्वागत

११ भदौ, दाङ/तुलसीपुरका उद्योगी व्यवसायीहरूले पश्चिम क्षेत्रको शान्ति सुरक्षा मजबुत पार्न राज्यमन्त्री डिल्लीबहादुर चौधरीसँग आग्रह गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको नवनियुक्त श्रम राज्यमन्त्री चौधरीको स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने व्यवसायीहरूले व्यवसायी हत्याले सबैलाई चिन्तित बनाएको भन्दै सुरक्षा अवस्था मजबुत पार्नका लागि आग्रह गरेका हुन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले व्यावसायिक सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन माग गरे । रावतले तुलसीपुर एयरपोर्ट सञ्चालन, लमही तुलसीपुर सडको स्तर उन्नति तथा सुर्खेत जोड्ने सडक कालोपत्रेका लागि पहल गर्न मन्त्री चौधरीको ध्यानाकर्षण गराए ।

नवनियुक्त राज्यमन्त्री चौधरीले जिल्लाको विकासका लागि आपूले सदैव भूमिका निर्वाह गर्ने बताए । तुलसीपुरको सुरक्षा अवस्थाप्रति सबैको चिन्ता रहेको भन्दै यसलाई मजबुत पार्नका लागि आफूले पहल गर्ने बताए ।

त्यसैगरी राज्यमन्त्री चौधरीले बाढीपीडितको पुननिर्माणका लागि अर्थ मन्त्रालयसँग २ अर्ब रुपैयाँ माग गरेका तथा एरपोर्टको डीपीआर तयार भइरहेको भन्दै सोहीअनुसार अगाडि बढ्ने बताए ।

यसैबीच श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले युवाहरूलाई नेपालमै रोजगार दिलाउन आपूm लागि पर्ने बताए । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दाङ आएका चौधरीले देशमै रोजगारीको श्रृजना गरी युवाहरूलाई रोजगारी दिलाउन आफ्नो मन्त्रालयले गृह कार्य गरी रहेको बताए ।

रिपोटर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको बधाई तथा साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले धेरैभन्दा धेरै युवाहरूलाई रोजगारी दिनका लागि विभिन्न रोजगारमुखी तालिमहरू सञ्चालन गरिने बताए ।

आप्नो पहिलो काम नेपालमै युवाहरूलाई रोजगार दिने वातावरण बनाएको भन्दै त्यसका लागि पहल गरिरहेको बताए । त्यसैगरी मन्त्री चौधरीले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने तथा युरोपियन देशहरूमा समेत श्रम स्वीकृत लिई नेपाली युवाहरूलाई पठाउने बताए ।