११भदौ, जुम्ला/ उर्जामन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीले आइतबार कर्णाली क्षेत्रसहित जाजरकोट जिल्लाको उर्जा सम्भाव्यता अध्ययन गरेको छ । उर्जाको सम्भाव्यता बोकेको कर्णाली क्षेत्रको जलविद्युतको सम्भाव्यता अध्ययन, राष्ट्रिय प्रसारण लाइन जोड्न सकिने अवस्था र कर्णाली करिडोरको अनुगमनका क्रममा टोली जुम्ला आइपुगेको हो ।
हवाई मार्ग भएर अपरान्ह साढे बजे जुम्ला आइपुग्नुभएका उर्जामन्त्री शाहीले जुम्लाका स्थानीय तहका प्रमुखसहित उच्च अधिकारीसँग कर्णाली अन्चलको मुख्य कर्णाली नदी, मुगुको राराताल, जुम्लाको तिला र हिमानदीको सम्भाव्यता अध्ययन गरेको बताउनुभयो ।
उहाँले मुख्य नदी कर्णाली र यसका सहायक नदीमा कतिवटा जलविद्युत आयोजना संचालन गर्न सकिन्छ भन्ने कुराको अध्ययन गरिएको जनाउनुभयो । ‘आज गरेको कर्णाली क्षेत्रको उर्जाको अध्ययन तथा अनुगमनका विषयमा काठमाडौँै फर्केपछि छलफल गर्छौं, त्यसपछि मात्र कुन नदीको सम्भाव्यता अध्ययन गर्ने हो भन्ने कुराको यकिन गर्छौं’ मन्त्री शाहीले भन्नुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइन दैलेख भएर आएको र त्यसको सब–स्टेशन कालीकोटको चिल्खायामा राखेर जुम्ला जोड्ने वचन दिनुभयो ।
मन्त्री शाहीले सरकारको मुख्य काम दुई तहको निर्वाचन सम्पन्न गराउने रहेको बताउनुभएको छ । मन्त्री शाहीले कर्णालीको समग्र विकासका लागि अर्काको भरमा नपर्न कर्णालीवासीलाई अपिल गर्नुभयो । त्यसका साथै विकासका लागि जनप्रतिनिधि स्वयंले घन सब्बल समातेर काम गर्न सुझाउनुभयो ।
एक फरक प्रसङ्गमा उर्जामन्त्री शाहीले कर्णालीको विकास र समृद्धिको सवालमा एनजिओ÷आइएनजिओले यहाँका नागरिकको बानी बिगारेको आरोप लगाउनुभयो । उहाँले मुख्यतः हाइड्रोपावरको प्रचुर सम्भाव्यता बोकेको कर्णालीले अब हरेक कुरा आयात गर्ने मात्र नभई विद्युत् निर्यात गरेर देशलाई सहयोग पु¥याउने तर्क गर्नुभयो ।
टोलीले आइतबारै जाजरकोट जिल्लाको पनि जलस्रोतको सम्भाव्यता अध्ययन गरेको छ । उर्जामन्त्री शाहीसहित नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, पूर्वसभासद् नरेश भण्डारीसहितको प्राविधिक टोलीले कर्णाली क्षेत्रको अनुगमन गरेको हो ।
हाम्रो संरचना । ११ भाद्र २०७४, आईतवार १९:१६