१७ करोड ६८ लाखमा निर्माण भएको बर्दियाको जब्दीघाट पुल पप्पु कन्ट्रक्सको लापरबाहीले भत्कीयको छानवीन टोलीको रिपोट

१२ भदौ, नेपालगञ्ज/ बर्दियाको सदरमुकाम गुलरीया देखी उत्तरमा रहेको पूर्व–पश्चिम राजमार्ग कतरर्निया जोडने बबई नदिमा बनेको जब्दीघाटको पुल भत्कीयको घटना छानवीन गर्न गठन गरेको टोलीले प्रारम्भीक रिपोर्ट तयार पारेको छ ।

पप्पु कन्सट्रक्सनले निर्माण गरेको जब्दिघाट पुल निर्माणधिनको क्रममै भादा नदिमा बाढी आएको समयमा भदौको सुरमै भास्सिएर क्षती भएको थियो ।
सरकारले पुल भत्कीयको घटनाको सत्य तथ्य छानवीन गरी १ हप्ता भित्र रिपोर्ट पेश गर्न मध्यपश्चिमाञ्चल डिभिजन सडक कार्यालयका प्रमुख अयोध्या प्रशाद श्रेष्ठको नेतृत्वमा ५ सदस्य टोली गठन गरेको थियो ।

टोलीमा सडक बिभागका डिभिजन इन्जिनियर द्धय प्रदिप भण्डारी र शिबराज अधिकारी,आइडोलोजिष्ट ज्योती प्रधान र लेखा अधिकृत दिनेश लम्साल रहेको टोली गठन गरेको थियो । छानवीन टोलीले बर्दियाको जब्दीघाटमा पुगेर पुल भत्केको बिषयमा अवलोकन गरेर आवश्यक जानकारीहरु तथा अनुसन्धान गरी प्राराम्भीक रिपोट तयार पारेको छ ।
प्रााम्भीक रिपोट अनुसार छानवीन समितीका सदस्यहर बीच आवश्यक छलफल तथा थप अनुसन्धानका कार्य भइरहेकाले सरकारलाई बर्दियाको जब्दीघाट पुलको छानवीन रिपोट तयार पार्न केही समय लाग्ने भएकाले छानबीनको समय सिमा बढाउन अनुरोध गर्ने समेत तयारी भएको छ ।

टोलीका सदस्य स्रोतका अनुसार जब्दीघाटको पुल ठेकेदारको लापरबाही र कमजोरीका कारणले भएको प्ररारम्भीक रिपोट आएको बताएका छन । जब्दीघाटको पुल पाइलिंग फाउण्डेशन सिस्टमको रहेको र उक्त सिस्टम अत्याधुनिक भएपनि फाउण्डेशन निर्माणमा केही कमजोरी रहेकाले पुल पश्चिम पटटी झुकेर भत्कीयको बताएको छ ।  
त्यसका साथै १७ वटा पिलर बनाएर पुल निर्माण गरेको र उक्त १७ वटा मध्य केही पिलर क्षेत्रबाट मात्र पानीको बहाव बगेको देखीएकोल,े पुल निर्माण पछी नदिको पानी बग्ने सतह नमिलाइएको पनि पुलमा क्षती पुग्न गएर पुल भत्कीयको हुन सक्ने रिपोर्ट तयार पारिदै छ ।
त्यसैगरी पुल निर्माण कै क्रममा पुलको पिलर केही झुकेको भएपनि उक्त घटना ढाकछोप गरी जबरजस्ती पुल निर्माण गरेकाले पुल भत्कीयको पुल निर्माणमा संलग्न स्थानिय बासीले छानबीन टोलीलाई जानकारी गराएका छन ।

४ सय २५ मिटर लामो जब्दीघाट पुल नेपाल सरकारको १६ करोड ६८ लाख ४ हजार रुपैँयाको लागतमा पप्पु कन्सट्रक्सनलाई शर्त सहित निर्माणको जिम्मेवारी दिएको थियो । पुल हस्तान्तरण नहुँदै भास्सिएकोले बर्दियाको सदरमुकाम गुलरिया – मगरागढी, कर्तनियाको सडक यातायात ठप्प हुन पुगेको छ ।

पुल संचालनमा आएको वर्षदिन पनि नपुग्दै पुलको बिचको भागबाट भास्सिएपछी जनतामा निराशा र आक्रोस छाएको छ भने ठेकेदारले निर्माण गरेका कुनैपनि संरचना निर्माणको क्रममा बिमा गर्ने र सरकारलाई हस्तान्तरण नगरे सम्म सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुने कानुनी प्रावधान रहेको छ ।

पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले २०६८ असार २५ देखि निर्माण शुरु गरेको जब्दीघाटको पुल पूर्व निर्धारित समय भन्दा डेढ बर्ष ढिलो गरि पुल निमार्ण सम्पन्न भएको थियो । ठेकेदारको लापरवाहीका कारण पुल जोखिममा परेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । तर सुनुवाई भएको थिएन । पुल भत्किएपछि आवागमन ठप्प भएको छ । पुल भएर सदरमुकामदेखि पुर्वपश्चिम राजमार्ग छोटो समयमा पुग्न सकिन्थ्यो । पुल भत्किएपछि सदरमुकाम देखि कर्तनिया हुँदै पुर्व पश्चिम राजमार्गमा आउ(जाउ गर्न निकै समस्या भएको छ ।
पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले बर्दियाको राजापुरमा २ करोड ३२ लाखको र नौगदीमा २ करोड ६३ लाख सिचाई परियोजना निर्माण गरेकोमा दुबै परियोजनामा गुणस्तर कमजोर भएको भन्दै स्थानिय बासीले छानबनिको माग गर्दा पनि कसैले ध्यान नदिएको बताएका थिए । उक्त परियोजना ७ बर्ष अगाढी पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले नै निर्माण गरेको हो ।
पप्पु कन्ट्रक्सनले नेपालकोमा बि.स. २०४३ साल देखी सुरु गरेकोमा सुरुका दिनमा निर्माण गुणस्तरिय निर्माण गरेकोमा पछील्लो दिन निर्माणको लागी ठेक्का लि पेटी ठेक्का अरुलाई दिदै आएकोमा सडक, पुल, सिचाई तथा भवन निर्माणमा न्यून गुणस्तरको हुने गरेकोमा सरकारले यस तर्फ उचित कदम चालेको छैन ।

निर्माण क्षेत्रका केही ठेकेदार र राजनिती नाममा भ्रष्टाचारलाई बढवा दिने राजनेताको साठगांठले नेपालको निर्माण क्षेत्रमा कम गुणस्तरका भौतीक संरचना निर्माण हुने, केही समयमै भैतीक संरचना बिग्रीने र त्यसलाई मर्मत सम्भारका नाममा फेरी बजेट छुटयाएर राष्ट्रको ढुकुटी रित्याउने काम गरिरहेका लाई कानुनी दायरामा ल्याउनु पर्ने आवाज उठेपनि सरकारले यस तफ ध्यान दिएको छैन ।
हुलाकी राजमार्ग अन्र्तगत बिभिन्न ठाउंको पुल र सडक निर्माणको ठेक्का पुन लिएको छ । जुन की उक्त कम्पनीलार्य राज्यले नै जरिवाना र कालो सुचिमा राखी काम नदिने भन्ने बिषयमा हाल कार्यन्वयन गरेको छैन ।
उक्त पुलको निर्माणको जिम्मेवारी लिएको पप्पु कन्ट्रक्सनका निर्देशक हरि नारायण प्रशाद रौनियारले पुल बस्तु स्थिती अनुसार सरकारी पक्षको गलत डिजाइनमा पुल निर्माण गर्नुपरेकोले भत्कीयको पत्रकार सम्मेलन गरी यस अघि सार्वजनिक गरसकेका छन ।

सरकारी छानबीन टोलीको रिपोट अनुसार ठेकेदारको लापरबाहीले पुल भत्कीयकोले त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदारले नै लिएर पुलपुन निर्माण गर्नुपर्ने उक्त छानवीन टोलीका सदस्यले हाम्रो संरचनालाई बताउनु भएको छ ।