१२ भदौ, काठमाडौं / अपराध अनुसन्धान महाशाखाले दुगड ग्रुपको फ्रुटी गोदाममा छापा मारेको छ । महाशाखा र जिल्ला प्रशाशन कार्यालयको संयुक्त अनुगमन टोलीले सोमबार दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा छापा मारी शिल गरेको छ ।
‘गोदाममा छापा मार्दा म्याद नाघेका बस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि उक्त गोदाम शिल गरेका छौं,’ महाशाखाका एसएसपी दिवेश लोहनीले भने । दुगड फुड्सको गोदाममा गत वर्ष पनि छापा मारेर दुई लाख प्याकेट फ्रुटी नष्ट गरिएको थियो ।
हाम्रो संरचना । १२ भाद्र २०७४, सोमबार २०:०४