१३ भदौं,नेपालगञ्ज/ पश्चिम नेपालको महत्वपूर्ण गन्तब्य स्थानको रुपमा रहेको बागेश्वरी मन्दिरको समग्र व्यवस्थापनका लागि नेपालगञ्ज उप–महानगरपालीकाको मेयर धवल शम्शेर जबराको अध्यक्षतामा समिति गठन गरिएको छ ।
बागेश्वरी मन्दिरलाई व्यवस्थित एवम पारदर्शी लगायत नेपालगञ्जको धार्मिक तथा सांस्कृतीक दृष्टिले प्रर्यटकहरुको गन्तब्य स्थानको रुपमा समेत परिचित गराउने उदेश्यका साथ नेपालगञ्ज उप-महानगरपालिकाका मेयर डा.धवल शमशेर जबराको अध्यक्षतामा समिति गठन गरिएको हो ।
गुठी ब्यवस्थापन समितीका केन्द्रीय अध्यक्ष लक्षमण ज्ञवालीको प्रमुख आथित्यतामा जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.,राजनितीक दलका प्रतीनिधी, कानुन ब्यवशायी, स्थानिय प्रहरी प्रशासन, बागेश्वरी गुठी ब्यवस्थापन पुरानो समितीका सदस्यहरु,नगरपालीकाका जन प्रतीनीधीहरु, मन्दिरका पुजारी समेत रहेको उक्त भेलाले नयां समिती सदस्यको नामावली प्रस्ताव गरेका हुन ।
भेलामा प्रस्ताव गरिएका बागेश्वरी मन्दिर गुठी सञ्चालक समिति सदस्यहरुमा नेपालगञ्ज उप-महानगरपालिकाकै उप-मेयर उमा थापा मगर, कार्यकारी अधिकृत भिम वहादुर कुँवर, वडा न २ अध्यक्ष सुनिल सिंह हमाल, नेपालगञ्ज उद्योग वणिज्य संघ, सामुदायिक सेवा केन्द्र, नेपाल बार एशोसिएसन, बागेश्वरी मन्दिर पुजारी /महन्त मध्यबाट एक जना प्रतिनीधी, वडा समिति सदस्य लगायत रहेका छन् ।
समितीमा प्रस्ताव गरिएका सदस्यहरुको थपघट गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको सिफारिसमा केन्द्रीय गुठी ब्यवस्थापन समितीले अनुमोदन गर्ने ब्यवस्था रहेको छ ।
गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवाली बागेश्वरी मन्दिर गुठी सँग सम्वन्धित भएकाले यसको संरक्षण ,प्रवधन र विकासमा चासो र चिन्ता सबै क्षेत्रको रहेको भन्दै धार्मीक तथा पर्यटन विकासका रुपमा रुपान्तरण गर्न जरुरी रहेकोले सबैको सहयोग रहनु भर्ने बताउनु भयो ।
अध्यक्ष लक्ष्मण ज्ञवाली बागेश्वरी मन्दिरको चल–अचल सम्पतीको खोजबीन गरि सम्पती हिनामिना बिषयमा कानुन बमोजिम संस्थान अगाढी बढनै पर्ने अदालतको परमादेश मान्नै पर्ने भएकाले गुठी संस्थानले मन्दिरको नाममा रहेको चल–अचल सम्पती समिती मार्फत खोजबीन गरी सम्पती चुस्त दुरुस्त राख्न अदालतको परमादेश कार्यन्वयनका लागी तयारी रहेको जानकारी हाम्रोसंरचनालाई बताउनु भयो ।
मन्दिरका पुराना पुजारी–महन्तहरुको बिषयमा बिभिन्न क्षेत्रबाट ख्याल गरिदिन फोन आएपनी अदालतको परमादेशमै चल–अचल सम्पती खोजबीन गरी ब्यवस्थित र पारदर्शि बनाउनु भन्ने परमादेश पालना सबैले गर्नै पर्ने बाध्यता रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पश्चिम नेपालको प्रमुख एवम एतीहासिक नगर नेपालगञ्जमा आस्थाको धरोहरमाथिको विश्वासलाई जोगाउनु सरकारको दायित्व भएको भन्दै सबैको हातेमालोमा उक्त कार्य हुने भएकाले सबैको सहयोगको जरुरी रहेको बताउनु भयो । धार्मिक केन्द्रहरुलाईलाई प्रयटकिय क्षेत्रको रुपमा समेत बिस्तार गर्न सके आस्थाका साथै सबैको आकर्षण बढन सक्ने बिचार ब्यक्त गर्नुभयो ।
मेयर डा .धवल शमशेर राणाले मन्दिरको समग्र विकास र व्यस्थापनका लागि समिति क्रियाशिल हुने भन्दै सबै पक्षको सहयोगको अपेक्षा गर्नुभयो । मेयर राणाले समितीले पुनरावेदन अदालतको परमादेश अक्षरस पालना गनैपर्ने बाध्यता रहेको र त्यसका लाग सबैको साथ र सहयोग खांचो रहेको बताउनु भयो । मन्दिरको चल अचल सम्पती कागजमा मात्र भएर नभै अब समितीले अदालतको परमादेश बमोजिम खोजबीन गरी चुस्त दुरुस्त राख्न समितीलाई जिम्मेवारी सुम्पेकोमा समिती पछी नहटने बताउनु भयो ।
बागेश्वरी मन्दिरका महन्थ चन्द्रनाथ योगीले मन्दिर व्यवस्थापन र अदालतको आदेश कार्यान्वयनमा आफु सहयोगी हुने तर आफनो योगदान र श्रमको उचित सम्मान हुनुपर्ने माग राख्नुभएको थियो ।
उप-महानगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर कुवर,राप्रपा बाँके अध्यक्ष नरेन्द्रराज राज पौडेल,नेपाली काँगे्रसका गोपाल प्रसाद अधिकारी, नेकपा एमालेका विजय गुप्ता,अधिवक्ता लोक बहादुर शाह लगायतले बागेश्वरी मन्दिर नेपालगञ्जको एतिहासिक धरोहर भएकाले यसको संरक्षण सम्वद्धनका साथै यसको चल–अचल सम्पतीको सदुपयोगमा जोड दिनुभएको थियो ।
बागेश्वरी मन्दिरको मालपोत कार्यालय बाँकेमा बाकसमा रहेका सुनचादी सहितको सम्पती खोलेर अभीलेखीकरण गरिने भएको छ । पुरातत्व विभागका प्रतिनीधी बोलाई स्थानीय प्रशास,प्रहरी, जनप्रतिनीधीको उपस्थितीमा तिजौरी खोल्ने भेलाले निर्णय गरिएको छ । तिजौरीमा राखीएकोसमानको लगत विवरण यस अघि मालपोत कार्यालय बांकेमा राखीएको थियो । जसमा सुन र चांदीको बिभिन्न किसीमका गहना एवम सामाग्री राखीएको शिर्र्षक अनुसार उल्लेख गरिएको विवरण थियो ।
हाम्रो संरचना । १३ भाद्र २०७४, मंगलवार ०९:३५