१३भदौ,नेपालगञ्ज/ पश्चिम नेपालकै प्रमुख ब्यापारिक केन्द्रत नेपालगञ्जमा ‘राही मार्ट’ नामको डिपार्टमेन्टल स्टोर संचालनमा ल्याईएको छ ।
नेपालगञ्जमा करोडौंको लगानीमा सबै सामान एकै ठाउँमा पाइने डिपार्टमेन्टल स्टोरहरु खुल्ने क्रममा पछील्लो पटक नेपालगञ्जको धम्बोजी चौकमा ‘राही मार्ट’ खुलेको हो ।
नेपालगञ्जमा ठुलो डिपार्टमेन्टल स्टोर नभएकोले उपभोक्ताको माग बमोजिम नेपालगञ्जको धम्बोझी चोकमा करीब १० करोडको लागतमा आधुनिक डिपार्टमेन्टल स्टोर संचालनमा आएको छ ।
नेपाली उपभोक्तालाई एकै छानामुनी सबै आवश्यक सामान उपलब्ध गराउने तथा खरिदारीका लागि सीमापारी जानबाट रोक्ने उदेश्यका साथ १० करोड बढीको लगानीमा ‘राही मार्ट’ नामको डिपार्टमेन्टल स्टोर संचालनमा ल्याईएको सञ्चालकले बताएका छन ।
‘राही मार्ट’मा एकै छानामुनी विभिन्न प्रकारका इलेक्ट्रोनिक आइटम,लेडिज जेन्टस र बच्चाको रेडिमेड कपडा, जुत्ता, चप्पल, विभिन्न किसिमका भाडा बर्तन, महिलाहरुले प्रयोग गर्ने कस्मेटिक सामान, खेलौना र खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीहरु राखिएको मार्टका संचालक खुर्शिद अहमद राहीले बताउनु भयो ।
नेपालगञ्ज र सो वरिपरिका अधिकांश नेपाली उपभोक्ता सामान खरिदका लागि बर्षौदेखि सीमापारीको रुपैडिया जाने गरेकोले सो रोक्नका लागि भारतीय सामानलाई रुपैडिया भन्दा सस्तोमा बिक्रि गरिरहेको संचालक राहीले बताउनु भयो ।
नेपालगञ्ज बजारका पसलहरुमा विक्रि गरिने सामानको मूल्यको पनि सर्वे गरेर ती पसलभन्दा पनि सस्तो मूल्यमा आफ्नो डिपार्टमेन्टल स्टोरमा सामानहरुको मूल्य तोकिएको बताउनु भयो ।
राही मार्टमा ३ देखि १० प्रतिशतसम्म बिभिन्न सामाग्रीको खरिदमा छुट प्रदान गरिएको समेत बताईएको छ ।
टाढा टाढाबाट उपभोक्ता सामान खरिदका लागि आउन थालेको जनाउँदै ब्यापार राम्रो भएकोले आफुहरु उत्साहित भएको बताउनु भयो । सो मार्टमा ५० जना स्थानीय युवा युवतीले रोजगारी समेत पाएको प्रबन्ध निर्देशक राहीले बताउनु भयो ।
हाम्रो संरचना । १३ भाद्र २०७४, मंगलवार ११:०८