हाम्रो संरचना बिहिबार, अशोज ७, २०७८ 420 Views

१४ भदौ,नेपालगञ्ज/ मुगुको सोरु गाउँपालिका–६ सोरुकोटमा एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी व्यथा लागेपछि सदरमुकाममा रहेको जिल्ला अस्पताल ल्याउँदै गर्दा जलदेवी रोकायाको ज्यान गएको हो ।  

जलदेवीलाई व्यथा लागेपछि गाउँको स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले जिल्ला अस्पताल रिफर गरेपछि उहाँलाई  जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा जुम्ल्याहा बच्चा जन्मिएका थिए । बच्चा जन्मिएपछि जलदेवीको बाटामै ज्यान गएको हो । जन्मिएका दुई बच्चा मध्ये एकको ज्यान गएको छ ।