हाम्रो संरचना आइतवार, कार्तिक ७, २०७८ 438 Views

 १४ भदौ, नेपालगञ्ज/ सरकारले संघ र प्रदेशको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको छ ।  बुधबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले मंसिर १० गतेका लागि एकै चरणमा गर्ने गरी घोषणा भएको चुनाव २१ गते दोस्रो चरणमा गर्ने निर्णय गरेको हो ।  

पहिलो चरणमा १० हिमाली तथा उच्च पहाडी क्षेत्रका ३१ जिल्लामा चुनाव हुने गरी सरकारले निर्णय गरेको छ ।   सरकारले एकै दिन मंसिर १० एकै चरणमा प्रदेश र संघको चुनाव गर्ने निर्णय गरेकोमा फेरि बुधबार दुई चरणमा चुनाव गर्ने निर्णयमा सरकार पुगेको छ । नेकपा एमालेले भने २ चरणमा निर्वाचन गर्ने सरकारको निर्णय धाधलीको संज्ञा बताएको छ ।