हाम्रो संरचना बिहिबार, कार्तिक ११, २०७८ 509 Views

१५ भदौ नेपालगञ्ज/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना  उच्च निगरानीमा राखेको छ।

अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ।  कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले  निगरानीमा राखेको हो।

अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी, सार्वजनिक पदाधिकारी, संस्थान प्रमुखसहित सबै क्षेत्रका उच्चपदस्थ, एवम निजी क्षेत्रका ब्यक्ती समेत निगरानीमा छन्।

‘यतिबेला झन्डै दुई सय व्यक्ति अख्तियारको निगरानीमा छन्। त्यसमध्ये ४० व्यक्तिमाथि गहिरो छानबिन चलिरहेको छ,’ स्रोतले भन्यो, ‘कानुनतः छानबिन गोप्य हुने भएकाले र भाग्न र प्रमाण लोप गर्नसक्ने अवस्थाका कारण पनि नाम सार्वजनिक गर्न मिल्दैन।

एक दुई सातामै लक्षण थाहा हुनेछ।’ अख्तियारमा पेस भएको सम्पत्ति विवरण र उजुरीका आधारमा  सरकारी पदस्थ ब्यक्तीलाई निगरानीमा राखिएको हो।  निजी क्षेत्रका पनि काठमाण्डौ र बाहिर यसले कार्य सुरु गरिसकेको जसमा केही जानकारी तथा सुचनाको आधारमा ठुला शहरमा छिटटै काम थालीने बताएको छ ।

स्रोतका अनुसार हाल प्रत्यक्ष दुई सय जना निगरानीमा रहे पनि ४० जना उपर भने छानबिन तीव्र पारिएको छ। अख्तियारले सार्वजनिक पदधारण गरेका पदाधिकारीले लुकाएको सम्पत्तिको स्रोत, सम्पत्तिको अवस्था, तिनका आफन्त र सम्भावित ठाउँको सुराक पत्ता लगाउन गुप्त ढंगले कर्मचारी परिचालन गरेको छ।

मालपोत कार्यालयबाट लिखत झिकाएर केलाएर हेरेपछि उनीहरूको बैंक लकर र घर जग्गा रोक्काको कारबाहीमा जाने पूर्वतयारीमा अख्तियार छ। स्रोतका अनुसार सबै क्षेत्रबाट शंकास्पद व्यक्ति छानेर अकुतको कारबाहीमा उत्रने तयारीमा अख्तियार छ।

‘छानबिनका क्रममा अख्तियारले राहदानी सिज गरेर स्थान हदका लागि अध्यागमनलाई भन्न सक्छ’, स्रोतले भन्यो, ‘नयाँ प्रविधिको विकाससँगै भ्रष्टाचारीले सम्पत्ति लुकाउन नयाँ तरिका अपनाउने र चलाख हुने भएकाले अख्तियार एक कदम अघि बढेर कारबाहीमा जानुपर्ने अवस्था छ।’

सर्वोच्च अदालतको आदेशमा अयोग्य भएका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको करिब चारवर्षे कार्यकालमा अकुत सम्पत्तिमा केवल १८ जना कर्मचारी र एक जना राजनीतिकर्मीमाथि छानबिन कारबाही भएको छ। सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियारबाहेक अकुत कारबाहीका लागि राजनीतिक तहमा हात हाल्न असफलप्रायः भएको छ।

सार्वजनिक पदाधिकारीले अस्वाभाविक र अमिल्दो उच्च जीवनस्तर व्यतीत गरेको भन्दै अख्तियारमा उजुरी बढिरहेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० मा प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवकले पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन आए त्यस्तो सम्पत्तिको स्रोत आरोपित व्यक्तिले नै पुष्टि गर्नुपर्ने कडा कानुनी प्रावधान छ।

यस्तै, आफ्नो हैसियतभन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भए पनि वैध स्रोत देखाउनुपर्छ। अन्यथा उक्त सम्पत्ति जफत गरी बिगोअनुसार दुई वर्षसम्म कैद र गैरकानुनी सम्पत्ति बराबरकै जरिवाना हुन्छ। दफा २४ अनुरूप राष्ट्रसेवक पदाधिकारीलाई अरू तीन वर्षसम्म कैद थपिने भनिएको छ।

पुस्तैनी सम्पती रहेकोमा त्यसको नामसारी, देखी घर जग्गा खरिद बिक्री गरी आम्दानी गरेको भए मालपोतमा राजश्व तिरेको प्रमाण, बैकमा राखेर अम्दानी भएमा बैक ब्याज र त्यसको सरकारलाई तिरेको कर, अन्य ब्यापार र ब्यवसायबाट आम्दानी भएको भय कानुन सम्वत आम्दानी र आम्दानीको कर तिरेको पैसा मात्र कानुन सम्वत रुपमा बैध मानीने अन्य आम्दानी अकुत मानी भएको सम्पती सरकारले जफत र अभियुक्तलाई कडा सजायको ब्यवस्था कानुनमा रहेको छ ।

स्वभाबिक आम्दाी बाहेका अन्य आम्दानी गरी समाजमा तडक भडक गरेको वा अकुत सम्पती जोडेको जानकारी भएमा सचेत नागरिकलाई अख्तियारमा उजुरी वा जानकारी दिन सक्ने कानुन ब्यवस्था रहेको छ । जानकारी दिनेलाई राजश्व हानी गरेकोमा सम्पतीको २५ प्रतशित सम्म उजुरी कर्तालाई नै सो रकम सरकारले दिन सक्ने सम्मको कानुन ब्यवस्था रहेको छ ।