नेपाल सरकार ! भारतीय औषधी कम्पनीहरुले नेपाली जनता ठगीए –औषधी ब्यवसायी संघ

१७ भदौ, नेपालगञ्ज/ पश्चिम नेपालका औषधी ब्यवसायीहरुको भेलाले भारतीय औषधी कम्पनीहरुले उत्पादन गरेका बिभिन्न किसमिका औषधीहरुको मुल्य भारतमा भन्दा नेपालमा ५० देखी ८० प्रतिशत महगो गरी औषधी बिक्री बितरण भइरहेकोमा नेपाल सरकारको त्यस तर्फ ध्यान नगएको र नेपाली जनता ठगीएकोमा सरकारको ध्यानआकर्षण गराउने निर्णय गरेको छ ।

पश्चिम नेपालका औषधी ब्यवसायीहरुको शनिबार नेपालगञ्जमा सम्पन्न बृहत भेलाले सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको हो । औषधी ब्यवसाय संघ भेरीको आयोजनामा सम्पन्न भएका उक्त भेलामा मध्य तथा सुदुरपश्चिम नेपालका राप्ती, भेरी, कर्णाली, सेती र महाकाली अञ्चलका औषधी ब्यवसायी प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
भेलाले सरकारले सिएमए गरेकालाई ग बर्गको औषधी बेच्न दिने निर्णय बिक्रम सम्वत २०६४ सालमा गरी ती एचए) र सिएमए गरेका ब्यक्तीले औषधी पसल सञ्चाल गरीरहेकोमा ती औषधी ब्यवसायीहरुले पनि औषधी उधारो लिएको र सरकारले पहिला स्वीकृत पाएका ग बर्गको औषधी पसललाई हाल आएर औषधी नदिनु भन्ने औषधी ब्यवस्था बिभागको परिपत्र घोर बिरोध जनाएका छन ।
ग बर्गको औषधी ब्यवसायीहरुलाइ ब्यवसायीहरुले ब्यापक बिरोध गदै औषधी लिन आएमा ति ग बर्गको औषधी ब्यवसायीहरुलाई पनि औषधी बेच्ने निर्णय भेलाले गरेको औषधी ब्यवयसायी संघ भेरीका उपाध्यक्ष सुदिप खडकाले हाम्रो संरचनालाई जानकारी दिनुभएको छ । औषधी ब्यवयसायी संघ भेरीका अध्यक्ष अभय बस्नेतको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।