काठमाडौंको क्षेत्रपाटीबाट करीब ४२ करोड २० लाख रुपैयाको ८८ किलो सुन सहित अधिकारी पक्राउ,प्रहरीको अनुसन्धान जारी

१९ भदौ, काठमाडौं । प्रहरीले सोमबार बिहान काठमाडौंको ठमेलको नजिकै  क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई  पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । 

सोमबार बिहान प्रहरीले पक्राउ गरेको सुन काण्डको तस्बीरहरु सहयोगीहरुबाट प्राप्त.

सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए ।

  • यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । चन्दले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । रसुवाको केरुङ नाकाबाट भित्र्याइएको अवैध सुनसहित गाडीका चालक पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।  एसएसपी धानुकले केही काठमाडौं लगायत नेपालका प्रमुख शहरहरुमा र  केही सुन भारतसम्म पुर्‍याउने तयारी भएको जानकारी दिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

नेपालमा सुनको मुल्य करीब ४७ लाख ७५ हजार प्रती केजी नेपाली रुपैया रहेको छ । उक्त सुन ४२ करोड २० लाख रुपैयाको रहेको छ । सोमबार बिहान पक्राउ परेको उक्त सुन तस्करीको भएको र नेपालको इतिहासमै यति ठुलो परिणामा पक्राउ गरेको घटना पहिलो हो ।

केही महिना अघि काठमाण्डौंको त्रिभुवन अन्र्तराष्ट्रिय बिमान स्थलबाट ३५ केजी सुन पक्राउ परेकोमा माओबादी केही नेताहरुको नाम मुछएिको थियो र हाल उक्त काण्ड सेलाउन नपाउदै प्रहरीले एक हप्ताको भित्र ठुलो मात्रामा सुन पक्राउ गर्न सफल भएको छ ।