२३ भदौ, नेपालगञ्ज/ राष्ट्रिय जनता पार्टीका महामन्त्री तथा सांसद जंगीलाल राय नेकपा एमालेमा प्रवेश निर्णयमा पुग्नुभएको हो । सर्लाही क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद रायले आफ्नो क्षेत्रभित्र पर्ने कविलासी नगरपालिका सहित बिष्णु गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकामा आफूले भनेका कार्यकर्तालाई उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए ।
टिकट वितरण गर्दा तमलोपाका कार्यकर्तालाई अन्याय गरेर राजेन्द्र महतोले सदभावना र महिन्द्र यादवले तमसपाका कार्यकर्ता अघि बढाएको र आफना मान्छेले टिकट नपाएपछि रायले महामन्त्रीबाट राजिनामा दिनु भएको हो ।
यसैबीच कबिलासी नगरपालिका सहित बिष्णु, ब्रम्हपुरी र चक्रघट्टा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहितका अधिकांश उम्मेदवार एमालेले जंगीलालकै कार्यकर्तालाई बनाएपछि उनी एमाले प्रवेश गर्न लागेका हुन् । ‘मेरा कार्यकर्ता जताबाट उठ्छन् उनीहरुलाई नै मेरो समर्थन हो,’ रायले भने, ‘अहिले त चुनावमै छु, सायद चाँडै एमाले प्रवेश गर्छु’ ।
सर्लाहीका एमाले जिल्ला अध्यक्ष रेवती पन्तले सांसद जंगीलाल राय एमाले प्रवेश गर्न लागेको पुष्टि गरे । उनले भने, ‘हामीले चारओटा स्थानीय तहमा उहाँले भनेकै साथीहरुलाई उम्मेवार बनाएका छौं । अहिले एमालेका उम्मेदवार जिताउन लाग्नुभएको छ । चाँडै एक कार्यक्रमबाट पार्टी प्रवेश हुनेछ ।’
आउने साता मलंगवा वा अन्य कुनै ठाउँमा चुनावी सभा गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा राय एमाले प्रवेश गर्ने पन्तले बताए । उनले रायको एमाले प्रवेशसँगै सर्लाहीमा कम्तिमा १० स्थानीय तह एमालेले जित्ने निश्चित भएको दावी गरे ।
राय २०७० सालको संविधानसभा निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट सांसद निर्वाचित भएका थिए । सर्लाहीका ६ क्षेत्रमध्ये तमलोपाले जितेको उनको क्षेत्रमात्र हो ।
कुरा गर्दै उनले भने, ‘राजपा अब पार्टीको रुपमा रहेन । मधेश आन्दोलनको नाममा ब्याज खान खोज्नेहरुलाई मधेशी जनताले सबक सिकाउँछन् । मैले मेरा कार्यकर्ताको संरक्षण जता हुन्छ त्यतै जानुपर्ने भयो, त्यसैले एमालेमा जान्छु ।’
एमाले जिल्ला अध्यक्ष र राजपा महामन्त्री राय व्यक्तिगत रुपमा पनि साथी हुन् । यो सम्बन्धले पनि काम गरेको उनले बताए । राय एमाले प्रवेश गर्ने भएपछि एमालेले चारओटै स्थानीय तहका आफ्ना उम्मेदवार फिर्ता गरेर रायका कार्यकर्तालाई टिकट दिएको हो ।
त्यसैगरी पश्चिम नेपालको तराई एवम मधेशी बसोबास रहेको बांकेको बिभिन्न क्षेत्रबाट ठ्लो संख्यामा मधेशी नेतृत्व नेकपा एमालेमा प्रबेशको अन्तीम चरणमा पुगेको छ ।
यस अघि स्थानिय निकायमा उठेका र नउठेका प्रभावशाली नेताहरु एमालेमा प्रबेशका लागी बर्ता भइ समहतीमा यहि असोज २ गते नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमको उपीस्थतमा पार्टी प्रबेशको कार्यक्रमको आयोजना गरिएको छ ।
त्यसैगरी एमाले पार्टी प्रबेश देशभरी मधेशी नेताहरु एमालेमा प्रबेश गरेकोमा ती नेता तथा कार्यकर्तालाई उचित सम्मानका साथ जिम्मेवारी दिइने त्यसका लागी पोलीट ब्यूरो सदस्य देखी साधरण सदस्य सम्म रहेको एमालेले जनाएको छ ।
बांकेमा नेपालगञ्जबाट ठुलो सख्यामा प्रबेशको तायरी भएको र त्यसैगरी महादेवपुरी, बनकटटीमा यहि असोज २ गते उपाध्यक्ष बामदेव गौतमको उपस्थितमामा पार्टी प्रबेशको कार्यक्रम रहेको एमाले बांकेका उपाध्यक्ष निरक गुरुगले हाम्रो संरचनालाई जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । २३ भाद्र २०७४, शुक्रबार ०८:५५