मेक्सिकोमा ८ दशमलव १ रेक्टर स्केलको भूकम्प

 २३ भदौ, नेपालगञ्ज/ मेक्सिकोमा ८ दशमलव १ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । दक्षिण पश्चिम मेक्सिकोको पिजिजियापान केन्द्रविन्दु भएर ८ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४ बजेर ४९ मिनेटमा भूकम्प गएको हो । भूकम्प पछि मेक्सिको, ग्वाटेमाला, साल्भाडोर, कोस्टारिका, निकारागुवा, पानामा र होण्डुरसमा सुनामीको चेतावनी दिइएको छ ।

भूकम्पपछि अहिलेसम्म ५ दशमलव २ र ५ दशमलव ७ रेक्टर स्केलको चार भन्दा धेरै परकम्प गैसकेको खबरमा उल्लेख छ ।