२३ भदौ, नेपालगञ्ज/ नेपाल प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको लागु औषध चरेस नियन्त्रणमा लिएको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्जले शुक्रबार पत्रकार सम्मेलन गरी बरामद गरिएको २१ किलो चरेस सहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले बुधबार बाँकेको डुडुवा गाउँपालिका–२ नौरीगौरीबाट भारततर्फ चरेस निकासी गर्दै गरेको अवस्थामा डुडुवा–२ का ५४ वर्षका फेरन अहिर र ७० वर्षका मुरी अहिरलाई पक्राउ गरेको हो । लागु औषध चरेसको मूल्य अन्दाजी तीन लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
तस्करीको ५१०० चल्ला पक्राउ
बाँके जिल्लाको खजुरा नगरपालकिा वडा नम्वर २ स्थित गौघाट नाका हुदै भारतीय वोईलर चल्लाको चोरी निकासी हुदै गरेको भन्ने सूचनाको आधारमा विशेष प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गा.पा. २ वस्ने वर्ष ३६ को लाल बहादुर सिंह धनी, नगेन्द्र सिंह हेल्पर र भिम बहादुर वस्नेतले चलाई ल्याएको भे. १ च २२४१ नं. को वलेरो जिपमा भारत बाट अबैध रुपमा चोरी निकासी गरि ल्याउदै गरेको ५१०० वोईलर चल्ला नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जमा पठाईएको छ ।
कुसुममा बांके प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रम
बाँके, राप्ती सोनारी गाउपालिका -१ स्थित ईलाक प्रहरी कार्यालय कुसुम बाँकेको प्राङगणमा जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर तामाङको प्रमुख अतिथीमा, नागरिक समाज, राजनैतिक दल, स्थानीय भद्र भलादमी तथा सर्व साधारण समेतको उपस्थितीमा नागरिक सुनुवाई कार्यक्रम गरेको छ ।
तस्करीको१ लाख ७८ हजार ९सय २० रुपैयाको कपडा र सामान पक्राउ
![](https://hamrosamrachana.com/np/wp-content/uploads/2017/09/newwww-add-203x300.jpg)
![](https://hamrosamrachana.com/np/wp-content/uploads/2017/08/19989488_1439097782802483_790835437083377006_n-188x300.jpg)
![](https://hamrosamrachana.com/np/wp-content/uploads/2017/09/new1111lg-191x300.jpg)
![](https://hamrosamrachana.com/np/wp-content/uploads/2017/08/20170828_183139-300x171.png)
हाम्रो संरचना । २३ भाद्र २०७४, शुक्रबार १४:००