५ नम्वर प्रदेशको राजधानी कहां बनाउने ? बुटवल,दांग,कोहलपुर !

पांच नम्वर प्रदेशको राजधानी कहां बनाउने ? यसको उत्तर धेरैले आफु बसेको ठाउंलाई नै बनाउनु पर्ने जिकिर गदै आएका छन । नवलपरासी जिल्लाको अर्ध भु–भाग देखी पश्चिम बर्दिया सम्म र उत्तरमा गुल्मी अर्घाखांची हुदै रुकुम रोल्पा संग जोडीएको भु–खण्ड रहेको यो ५ नम्वर प्रदेशको राजधानी ३ वटा ठाउं बुटवल, दांग र कोहलपुर प्रस्ताव गरिएको अवस्था छ ।

नेपालको संविधान २०७२ बमोजिम प्रदेश सभाको बैठकले प्रदेशको राजधानी कहा राख्ने भन्ने बिषयको टुंगो लगाउने गरी सहमती भइसकेकाले पहिलो बैठकले सदस्य संख्याको हिसाबले बुटवल राख्नुपर्दछ भन्नेको सख्या बढि छ ।

प्रदेश नम्वर ५ को जम्मा २६ वटा संघिय निर्वाचन क्षेत्र रहने र त्यसमा रुपन्देही–५, कपिलबस्तु–३, पाल्पा–२,गुल्मी–२,नवलपरासी–२ र अर्घाखांची–१ गरी बुटवलको पक्षमा १५ सदस्य संख्या देखीन्छन भने दांगको लमही र कोहलपुर हुनुपर्दछ भन्नेहरु एकभएपनी त्यो सख्या ११ जना मात्र न्यून सदस्य सख्या रहने देखीन्छ ।
संघिय निर्वाचन क्षेत्रकै आधारमा दोब्बर सख्यामा प्रदेश सभा सदस्य रहने भएकाले बुटवलको पक्षमा ३० र दांग, कोहलपुर एकभएपनि जम्मा २२ प्रदेश निर्वाचित सदस्य सख्या रहने अवस्था रहेको छ ।

समाबेशी पनि निर्वाचित सख्याको ४० प्रतिशत रहने ब्यवस्था बमोजिम ५ नम्वर प्रदेशबाट संघियमा २६ जनाको ४० प्रतिशतले १० जना र प्रदेश सभामा ५२ जनाको ४० प्रतिशतले २१ जना समाबेशी सभासद रहने ब्यवस्था रहेको छ । यसरी हालको गणितीय हिसाबले ५ नम्वर प्रदेशको राजधानी बुटवल हुनुपर्दछ भन्ने प्रदेश सभासदहरुको बहुमत हुने पूर्वनिश्चित नै छ ।

अर्को सम्पन्नताको हिसाबले बुटवल,दांगको लमही र बांकेको कोहलपुर भन्दा पूर्व नै पर्दछ । नेपालको जती पूर्व गयो त्यती जिवनस्तरमा केही सम्पन्ता रहेको र पश्चिम नेपालका जनता बिकासको मुलधारबाट बञ्चित पारिएको महसुस गदै आएको अवस्थाले बिगतको द्धन्द्ध निम्त्याएको पनि हो ।
बुटवल सम्पन्नताको हिसावले कोहलपुर र लमही भन्दा धेरै अगाढी रहेको छ । सयौं फिट अग्लो झरना सगै आन्तरिक धार्मिक प्रर्यटक तानीरहेको सिद्धबाबाको मन्दिर मात्र २ वटा छन । मानव उत्पतीको अबशेष फेला परेको ठाउंलाई राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले प्रवद्धन गरेर रामपिथेकस पार्क निर्माण गरी प्रर्यटकको गन्तब्य निर्माण गरेको छ ।
त्यस्तै बुटवल–९ को नीलकण्ठ बाबाधाम मन्दिर,मनकामनाको मन्दिर, हिलपार्क, फुलबारी चिल्डेन पार्क यी लगायत बुटवलका प्रर्यटकीय गन्तब्य बृद्धिका आधारले आर्थिक पक्षमा समेत सम्पन्नताको बाटोमा छ ।
भौगोलीक दृष्टिले अत्यन्त समणिय ठाउंमा रहेको छ । बुटवल प्रकृती संरक्षणमा पनि उत्तीकै सचेत र सजग रहेको शहर वरीपरी बृक्षा रोपन र संरक्षणले देखाउछ । बुटवलका हरेक गल्ली शहकै मुख्य भाग शरह बिकसीत रहेका छन । शहर बिकासको दुर दृष्टि र दिर्घकालीन रुपमा भौतीक बिकासको योजनालाई मान्नुपर्दछ ।
यति हुदा पनि बुटवलका जनता ५ नम्वर प्रदेशको राजधानी बुटवलमा नै राख्नुपर्दछ भन्नेमा एक मत छन । त्यो हुनु पनि पर्दछ तर अघि नै माथी उल्लेख गरे बमोजिम नेपालको मध्यपश्चिमको सबै भु–भाग सुदुर–पश्चिम भन्दा पनि कम बिकसित छ ।

मानब बिकास होस वा आर्थिक, भौतीक, शैक्षीक यी सबै दृष्टिकोणले मध्यपश्चिम धेरै पछाडी छ । यस्तो पछाडी परेको ठाउलाई आफु सगै बिकासको मुल बाटोमा हिडाउन अब बुटवलको जिम्मेवारीमा मध्यपश्चिम आइपरेको छ ।
थोरै भएपनि सरकारका नयां बन्ने भौतीक संरचनाले बिकासमा सहयोग पुग्दछ र प्रदेशको राजधानीले त्यसलाई नछुने कुरै छैन । त्यसैले अब बुटवलले माया र सदासयता देखाएमा मात्र कोहलपुर ५ नम्वर प्रदेशको राजधानीे बनाएर पिछडीयको आफनो प्रदेशको क्षेत्रका जनतालाई आफुसगै हिडाउन गरी आजैदेखी सोच बनाएर अगाढी बढेमा प्रदेशको समानुपातीक रुपमा सर्वागिन बिकासमा तिब्रता आउने देखीन्छ ।

बुटवलले अब कोहलपुर लाई आफनो बाटोमा हिडाउन अग्रसर हुनुपर्दछ । केहीले दांगको लमही भएमा भौगोलीक रुपमा पनि सबैको निकता र सजिलो हुने बिचार ब्यक्त गरिरहेको अवस्था रहेको छ । यी सबै बिषयमा बृस्तृत अध्ययन गरी जनताको प्रतिनिधी र जनतासंग समूहगतरुपमा छलफल गरी यस्ता बिषयमा निर्णय गर्दा जनतामा भावनात्मक एकता र सर्वस्वीकार्य हुन्छ । सबैले स्वीकारेको बिषयमा सबैको साथ र सहयोग पनि रहने भएकाले सबै पार्टीका नेता तथा कार्यकर्ताको यस तर्फ पनि ध्यान पुग्नुपर्दछ ।

५ नम्वर प्रदेशको राजधानी होस वा अन्य प्रदेशको होस सबैलाई आफनै घर भएकै ठाउंमा प्रदेशको राजधानी भएको हेर्न र देख्न चाहन्छ तर त्यसले मै खाउं र मै लाउको भावनालाई सहयोग पु–याउछ । प्रदेशको राजधानी राख्दा जनताको पहुच र बिकासको आधारलाई बनाउदा राम्रो हुन्छ ।

 

सम्बन्धित शीर्षक