हाम्रो संरचना बिहिबार, कार्तिक ४, २०७८ 456 Views

 २५ भाद्र,बझाङ /  बझाङ प्रहरीले ४५ किलो चरेस सहित दुइ जनालाई पक्राउ गरेको छ।   बझाङ सुर्मा गाउँपालिका ५ का  गिठे बोहरा र दिपक बोहरालाई आइतबार अपरान्ह ४५ किलो अबैध लागुऔषध चरेस सहित पक्राउ  गरेको हो।    

जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर राम बहादुर चन्द नेतृत्वमा  ७ नम्बर प्रदेश अनुसन्धान व्युरोको सयुक्त टोलीले छबिसा पथिभेरा गाउपालिका वार्ड नं १ भाडे बजार स्थित तारुगाड लघु-जलबिधुत आयोजनाको निर्माणाधिन पावर हावसको भवन भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेस बरामद भएको बझाङ प्रहरी प्रमुख डीएसपी ऋषिराम कंडेलले  बताउनु भएको छ ।  पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी लागुऔषध मुद्दामा थप अनुसन्धान शुरु गरेको डीएसपी कंडेलले जानकारी दिनु भएको छ  ।