नेपाल–भारत सिमा क्षेत्रमा अबैध असुली,अवाञ्छित क्रियाकलाप र लुटेरा नियन्त्रण गर्न सिमानामा दुबै देशका सुरक्षा अधिकारी बीच बैठक सम्पन्न

२७ भदौ, नेपालगञ्ज/भारतमा मजदुरी गरि नेपाल फर्कने नेपालीहरु नेपाल–भारत सिमा क्षेत्रका बिभिन्न ठाउंमा लुटिने कार्य रोक्न बांकेका सुरक्षा अधिकारीहरुले पहल सुरु गरेका छन । 
लामो समय सम्म कुली, मजदुरी गरेर दशै तिहारमा घर फर्कने क्रममा कमाउको थोरै रकम पनि बाटो मै यात्राको क्रममा लुटीने घटना सार्वजनिक भइरहेका बेला बांके जिल्ला प्रशासनले छिमेकी भारतका सिमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरुसंग मंगलबार दिउसो नेपालगञ्जको जमुनहामा समन्वयात्मक छलफल  आयोजना गरी नेपाली मजदुरहरु सिमा क्षेत्रका शहरहरुमा लुटिने गरेको समस्याका बारेमा  भारतिय पक्षसंग सहयोगको अपिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बांकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी., जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख टेक बहादुर तामाङ, शसस्त्र प्रहरीको सिमा सुरक्षा बल र भारतका बिभिन्न क्षेत्रमा कार्यरत सुरक्षा अधिकारी बीच आपसी समन्वयात्क तरिकाबाट सिमा क्षेत्रमा अवाञ्छित क्रियाकलाप रोकथाम र अपराध नियन्त्रणका लागी सहयोगी भएर जाने बिषयमा छलफल गरिएको छ । 

भारतबाट मजदुरी तथा अन्य पेशामा रहि काम गरि फर्कने ब्यक्तीबाट रु १० देखी माथी सिमा क्षेत्रमा अबैध असुली गर्ने दुबै तर्फका सुरक्षाकर्मि, किभिन्न किसिमका खाद्यमा बेहोस बनाउने नशालु पदार्थ खुवाएर लुटने लुटेरा, रिक्सा, टांगा चलाउने नाममा मानिस हेरी भाडाको नाममा लुटने यस्ता समस्याले साधरण मजदुरी गरेर बर्ष भरी कमाएको पैसा गुमाउने र चाडपर्वमा छोरा–छोरीका लागी एकसरो कपडा र एक छाक मिठोसंग परिवारसंग खान नपाई पुन अर्को पटक कमाएर पर्किने आशाले भारत तर्फ नै फर्किने बाध्यता रोक थामका लागी यस पटक नेपाल पक्षले मजदुरको समस्या बुझीदिन भारतिय पक्षसंग आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्र बाँकेको संयूक्त आयोजनामा, प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सहयोगी कदमहरु चाल्नका लागी सिमा क्षेत्रका अधिकारीहरुसंग सहयोगको लागी आग्रह गरिएको हो ।
भारतिय पक्षले पनि मजदुरी गरेर फर्कनेहरुका लागी यातायात निगमका साथै रुपैडिहा बसपार्कमा हुने अबाञ्छित क्रियाकलाप रोकथाम गर्न सहयोगी भुमिका निभाउने आश्वासन दिएको छ ।
मंगलबार दुबै देशका सुरक्षा अधिकारी, सञ्चारकर्मि एवम नागरिक समाजका केही ब्यक्तीहरुको सहभागीतामा जमुना स्थित सिमा क्षेत्रमा सडकमै कार्यक्रम गरि सहायता कक्ष समेत राखीएको र समस्या परेमा प्रहरीको १०० नम्बर लगायत बिभिन्न नम्बर समेत उल्लेख गरि उक्त सहायता कक्ष राखीएको जिल्ला प्रहरी कार्यालय बांकेले उक्त कार्यक्रमको अवसरमा जानकारी गराएको छ ।