सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धिका लागी नेपालगञ्जमा कार्यशाला सम्पन्न

हेमन्त राज काफले /२७ भदौ, नेपालगञ्ज 

विद्यालय शिक्षा अधिकार प्रर्वद्धन तथा सिकाइ आदान-प्रदान दुई दिने शिक्षा सम्बन्धि कार्यशाला मंगलबार नेपालगञ्जमा सम्पन्न भएको छ । सामुदायिक विद्यालयलाई सुदृण गर्नका लागि शिक्षक, विद्यालय व्यवस्थापन, अभिभावक तथा विद्यार्थीहरु मिलेर काम गर्नुपर्नेमा कार्यशालामा सहभागीहरुले बिचार ब्यक्त गर्नुभएको थियो। 

धम्बोझी मावि नेपालगन्जकी प्रधानाध्यापक किरण आचार्यले विद्यालयलाई राम्रो बनाउन शिक्षकहरुले इमान्दारीता पूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्ने र आफ्नो विद्यालयलाई कस्तो बनाउने भन्ने स्पष्ट खाका हुनुपर्ने बताउनुभयो ।

स्थानीय निकाय र शिक्षा सम्बन्धि विषयगत अन्र्तक्रियामा सहभागी शिक्षा तथा स्थानीय निकायका प्रतिनिधिहरुले स्थानीय सरकारको योजनामा सामुदायिक विद्यालयको सृदृढिकरणलाई प्राथमिकता दिईने बताएका थिए । नोराडसँगको साझेदारीमा एक्सनएड नेपालले आयोजना गरेको कार्यशालामा शिक्षक, बालक्लवका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षाको क्षेत्रमा कार्यरत संघ-संस्थाहरुको सहभागीता रहेको थियो । एक्सनएड नेपालले आयोजना गरेको कार्यशालामा पश्चिम नेपालका नवलपरासी, पाल्पा, बाँके, बर्दिया, कैलाली, डोटी तथा बाजुराबाट ७० जना भन्दा बढिको सहभागीता रहेको थियो ।