नेपाल र भारतीय सेनाको नेपालमा सयुक्त अभ्यास, भारतीय सेनाको तीन सदस्यीय सैनिक टोली नेपालमा

Photo : File

२७ भदौ,काठमाडौं/ नेपाल र भारतका सैनिकहरु बीच सयुंक्त रुपमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादसम्बन्धी युद्धकलाको र बिपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिलको अवलोकनको लागी भारतीय सेनाको तीन सदस्यीय सैनिक टोली नेपाल आउने भएको  छ ।  

रुपन्देहीको सालझण्डी स्थित नेपाली सैनिक ब्याट्ल स्कूलमा सञ्चालन भइरहेको  नेपाली सेना र भारतीय सेनाको गण स्तरको  सूर्यकिरण–बाह्रौँ संस्करणको संयुक्त युद्धकला र बिपद व्यवस्थापन सयुक्त रुपमा अभ्यास अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सेनाको लेफ्टिनेन्ट जनरल जगदीपकुमार शर्माको नेतृत्वमा तीन सदस्यीय सैनिक टोली आज बुधबार नेपाल आउने भएको छ ।

अवलोकन एवं समापन समारोहमा सहभागी हुन  उक्त उच्च तहको सैनिक टोलीले  यही भदौ ३१ गते हुने समापन समारोहमा समेत सहभागी हुने जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त सैनिक टोली आगामी असोज १ गते स्वदेश फर्कन बताइएको छ ।  नेपाली सेना र भारतीय सेनाको गण स्तरको  सयुक्त रुपमा अभ्यास प्रतिव्रिदोह तथा प्रतिआतंकवादसम्बन्धी युद्धकलाको महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।