भारतिय राजदुत रुपैडिहामा,सिमानामा यात्रुलाई ह्याप्पी,इजी,कमफरटेवल र बेलकमड ब्यवहार लागु गर्न राजदुतको निर्देशन

१ भदौ, नेपालगञ्ज/ नेपालका लागी भारतिय राजदुत मन्जिव सिह पुरीले भारत नेपालमा सधै शान्ती,स्थायीत्व र समुन्नत नेपाल हेर्न चाहेको बताउनुभएको छ ।
मध्पश्चिमको पहाडी जिल्लाहरुमा जानेक्रममा आइतबार दिउसो नेपालगञ्ज आइपुग्नुभएका राजदुत पुरीलाई नेपालगञ्ज उद्योग बाणिज्य संघले स्वागत तथा अभिन्नदन गर्ने क्रममा पुरीले भारत नेपालको एतिहासिक मित्र राष्ट्र रहेको र नेपाली जनताको उन्नती प्रगतीका लागी सधै साथमा रहने बताउनु भयो ।

नेपालको सिमा संग जोडिएका भारतका बिभिन्न ४ राज्यले बार्षिक ७ प्रतिशतले आम्नो आम्दानी बृद्धिदर हासिल गरिरहेकोमा त्यसको प्रत्यक्ष फाइदा नेपालले पनि उठाउनु पर्ने बिचार पुरीले बताउनु भयो ।
नेपाल–भारत सिमा क्षेत्रमा ब्यापारी तथा सर्वसाधरणले भारतिय क्षेत्रमा भोग्नुपरेका समस्याहरुको बारेमा भारत सरकार गम्भीर रहेको र सिमा क्षेत्रमा बिश्व भु–मण्डिलीकरण भइरहेकोमा सिमाबाट मानिस आवत–जावतका लागी भारत सरकारले सिमानामा सरल,सहज र स्वागत गर्ने निती अंगिकार लिएको जानकारी दिनुभयो ।
राजदुत मन्जिव सिह पुरीलाई बोलाएर नेपालगञ्जका ब्यापारीले भारतीय नम्वर प्लेटका गाढी नेपालका जुनसुकै ठाउंमा स्वागतयोग्य तरिकाले जान पाउने गरेको र नेपाली नब्वर प्लेटका भारतिय पक्षले जान नदिएकोमा ध्यानआकर्षण गराएका थिए ।

त्यसैगरी ब्यापारीहरुले जटिबुटि तथा पेट्रोलियम पदार्थ आयातमा भएका समस्याका बारेमा थप लिखित तथा मौखिक जानकारी गराएका थिए । भारतिय राजदुतले ब्यापारीका धेरै जसो माग भारतले सिमा क्षेत्रमा निर्माण गररिहेको एकिकृत चेकपोष्ट निर्माण भएपछी समस्या समाधान हुने बताउनु भयो ।
सिमा क्षेत्रमा भारतिय क्षेत्रका बिभिन्न ठाउंमा कामगरि फर्कने ेपाली सर्वसाधरयाले भोग्नुपरेको समस्या र पिडाका बारेमा राजदुत नेपाल–भारतको नेपालगञ्ज स्थित जमुनहा सिमामा गएर भारतिय पक्षसंग छलफल गरी दुबै पक्षका जनताको गुनासो समाधानका लागी पहल गर्ने र सम्वन्धीत निकायको त्यस तर्फ ध्यान दिन निर्देशन पनि दिनुभएको छ । नेपालगञ्जमा राजदुतलाई स्वागत तथा सम्मान कार्यक्रम नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा भएको थियो ।