हाम्रो संरचना बिहिबार, कार्तिक १३, २०७७ 354 Views

सरला सुबेदी
असोज, २कोहलपुर/
कोहलपुर टाइम्स साप्ताहिकले आज बाह्रौ बार्षिक उत्सब मनाएको छ। 

कोहलपुर टाइम्सका प्रकाशक सम्पादक बिष्णु बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा बाके क्षेत्र नम्बर १ का माननिय सासद देवराज भार,विशिष्ट अतिथी कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत रहनु भएको थियो भने अतिथिहरुमा,नेकपा एमाले बाके जिल्ला अध्यक्ष अशोक कोइराला,नेपाल पत्रकार महासंघ बाके उपाध्यक्ष प्रदिप वाग्ले,कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी,होटेल व्यवसायि संघ बाके अध्यक्ष बलराम भट्टराई रहनु भएको थियो।२०६३सालदेखि निरन्तर साप्ताहिक रुपमा कोहलपुरबाट प्रकाशित हुदै आएको पत्रीकालेआज ज्ञानोदय सामुदायिक पुस्तकालयमा पत्रीकाको स्थापनाकालदेखी आजसम्म सहयोग गर्ने र पत्रीकालाई यो स्थानसम्म पुर्याउन सहगोग गर्ने व्यक्तित्व र सस्था र विद्यालयलाई सम्मान र प्रशसा पत्र वितरण गरेको थियो।

यस क्षेत्रमा युवा उद्यमिको रुपमा स्थापित गोरखनाथ ट्रेनिङ्ग सेन्टरकी मधु खड्कालाई उद्यमशिल युवा सम्मान ,शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै गोरखा बोर्डिङ स्कुलका सन्चालक केशर बहादुर आले र ब्राईटलाईट एकेडमिका गोबिन्द चौधरिलाई शिक्षा सेवा सम्मान ,यस क्षेत्रमा साहित्यमा योगदान दिएको भन्दै राजविक्रम चन्दलाई साहित्य सेवा सम्मान कार्यक्रमाका प्रमुख अतिथि र विशिष्ट अतिथी ज्युहरु बाट प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी माननिय सासद देवराज भारले कोहलपुर टाइम्स कोहलपुर क्षेत्र भित्र मात्र सिमित नभएर यस मध्यपश्चिमकै उत्कृष्ट साप्ताहिक होइन दैनिक पत्रीका बन्न सफल होस यसको लागी आफुले नि सकेको सहयोग गर्ने बताउदै शुभकामना व्यक्त गर्नु भएको थियो यसैगरी कोहलपुर नगर प्रमुख लुटबहादुर रावत,नेकपा एमाले बाके जिला अध्यक्ष अशोक कोइराला,चक्रबहादुर अधिकारी,प्रदिप वाग्ले,केशरबहादुर आले,केशब राना हेमन्त बिक लगायतले पत्रीकाको उन्नती प्रगती र पूर्ण सफलताको शुभकामना दिनु भएको थियो।कार्यक्रममा साहित्यकार तथा चित्रकार बिक्रम शिशिरको एकल चित्रकलापनि प्रदशनी गरिएको थियो।