२ असोज, नेपालगञ्ज/
सोमबार बसेको मन्त्रिपरिषद बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक मन्त्रिपरिषद बैठकबाट पारित भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको लागि दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई तीन सय सैयामा स्तरोन्नति गर्ने निर्णय पनि भएको छ । बैठकले कसैको उपचारमा लापरवाही भएमा सो वापत सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने गरी कानून निर्माण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सरकारले प्रदेशसभाको चुनावी प्रयोजनका लागि ‘पिछडिएको क्षेत्र’ र ‘अल्पसंख्यक’ जातिको परिभाषा निर्धारण गरेको छ । पिछडिएको क्षेत्र तोकी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि ‘अल्पसंख्यक’ तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने अर्को निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । २ आश्विन २०७४, सोमबार १६:५८