३ असोज, नेपालगञ्ज/ प्रदेश नं २ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ। नेकपा माओवादी केन्द्र,राजपा र फोरमले पनि केही स्थानमा अग्रता लिएका छन्।
नेपाली कांग्रेस अग्रता
बाराको फेटा र बारागढी गाउँपालिकामा
सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा
एमाले अग्रता
धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिका
माओवादी केन्द्र अग्रता
बाराको देवताल, धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा
फोरम नेपाल अग्रता
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा
राजपा नेपाल अग्रता
सप्तरीको तिलाठी
रातीबाटै मतगणना सुरु भएका ठाउँमा पनि दुई सय हाराहारी मात्र मत गनिएका छन्। रौतहटको गौर र सिरहाको लाहानमा पनि मतगणना जारी छ। तर प्रारम्भिक परिणाम सार्वजनिक भएको छैन।
मुख्य चासो रहेको वीरगञ्ज महानगरमा मतगणना अहिले केहिबेरमा सुरु हुदैँछ। त्यस्तै जनकपुर, कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा पनि बिहान ८ बजेबाट गणना सुरु गर्ने तयारी भैरहेको छ।
सर्लाहीको लालबन्दीमा भने बाढीका कारण मतपेटिका संकलन हुन सकेको छैन। निर्वाचन आयोगले मतगणना पाँच दिनभित्र सिध्याउन मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ। तर गर्मी ठाउँ र थाकेका कर्मचारीका कारण गणनामा ढिलाई भैरहेको निर्वाचन अधिकृतहरुले बताईरहेका छन्।
१ सय ३६ स्थानीय तहमा निर्वाचन भएकोमा सप्तरीको राजविराजमा मतगणना पाँच गतेपछि मात्र हुनेछ। त्यहाँ वडा नं १५ मा ५ गते निर्वाचन छ। झण्डै आधा जसो स्थानीय तहमा मतगणना सुरु भएको खबर प्राप्त भएको छ।
प्रदेश २ मा ७२.०६ प्रतिशत मत खस्यो : निर्वाचन आयोग
प्रदेश २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । संविधान संशोधन विधेयक असफल भएपछि राष्ट्रिय जनता पार्टी समेत सहभागी भएको चुनावमा ७२.०६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश २ मा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी आठ जिल्लाका वीरगञ्ज महानगरपालिकासहित १३६ स्थानीय तहमा चुनाव भएको छ । प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तहका लागि चुनाव भएको हो ।
यो चुनावबाट चुनावबाट ६ हजार ६ सय २७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् । चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । ८ जना भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
हाम्रो संरचना । ३ आश्विन २०७४, मंगलवार ०६:५५