८ असोज,गुलरिया/ औषधी पसल दर्ता नगरी सञ्चालन गरेका २ जना पसले प्रचलित कानुन बिपरी कार्य गरेको ठहर गदै अदालतबाट कारागार चलान भएको केही दिन नबित्दै अस्पताल नै दर्ता नगरी सञ्चालनमा रहेको जानकारी प्राप्त हुन थालेका छन ।
बर्दियाको गुलरीया नगरपालीका वडा नम्वर– ६ मा सञ्चालनमा रहेको शिबगंगा आंखा उपचार केन्द्र जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियामा दर्ता र स्वीकृती बीनानै सञ्चालनमा रहेको पाइएको छ ।
शिबगंगा आंखा उपचार केन्द्रमा आंखाका साथै कानको पनि उपचार गर्ने गरिएको र अस्पतलामा सामन्य स्वास्थ्य कर्मि अहेब र ओए गरेका ब्यक्तीले आंखा जस्तो अति सम्बेदन शिल शारीरिक अंगको उपचारको गर्ने गरेका छन ।
जुनसुैकै संस्था वा कम्पनी दर्ता गरेर समाजिक वा अन्य काम गरे पनि स्वास्थ्य संस्था÷अस्पताल÷क्लिनिक सञ्चालनका लागी सम्वन्धीत जिल्ला जनस्वास्थ्य कार्यालयमा मापदण्ड पु–याएर स्वीकृत लिएर मात्र सञ्चालन गर्नुपर्ने कानुनी प्रक्रियाको उलघंन गरेर उक्त आंखा उपचार केन्द्र गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले कानुन बिपरित सञ्चालनमा रहेको उक्त अस्पताललाई कानुनी दायरामा ल्याउन कुनै कदम नउठाएकोमा सरोकारवालाहरुले बिभिन्न शंका उब्जीयको जनाएका छन ।
बर्दियाको गुलरियामा सञ्चालनमा रहेको गैरकानुनी आंखा तथा कान उपचारकेन्द्र स्थानिय शिब र गंगाले कानुनी प्रक्रिया पु–याएर आंखा अस्पताल सञ्चानलका लागी घर जग्गा दानमा दिएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले गुलरियामा आंखा तथा कान उपचारको लागी शिबगंगा केन्द्रले गैर–कानुनी रुपमा सञ्चालन भएको बिषयमा छानबीन गरि दोषि देखिएमा कार्बाही गर्ने बताएको छ ।
हालसम्म कहि कतै उजुरी नपरेको र गुलरियामा आंखा उपचारको लागी टेवा पु–याएको उक्त केन्द्रलाई मापदण्ड अनुसार नियम संगतरुपमा सञ्चालन गर्नुपर्ने र बिमारीको कुनै दुर्घटना भए यसले सञ्चालकहरुलाई गम्भिर समस्या पर्ने भएकाले स्वीकृत लिएर सञ्चान गनुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले हाम्रोसंरचनाका का स्थानिय प्रतिनिधीलाई बताएका छन ।
त्यसैगरि उक्त केन्द्रले नेपालगञ्जबाट औषधी बिधी नपु–याएर खरिद गरि अनियमितता गरेको स्रोतले बताएको छ । उक्त आंखा उपचार केन्द्रका सञ्चालक रहेका ब्यक्तीहरु बीच छलफल गरि खुला टेण्डर गरि खरिद गर्ने सहमती बमोजिम टेण्डर खोलेकोमा सबै भन्दा कम दर रेट हाली औषधी सप्लाई गर्ने टेण्डर स्वीकृत गर्नुपर्नेमा शिबगंगा आंखा उपचार केन्द्रका समेत प्रमुख हरि के.सी.ले उक्त टेण्डर स्वीकृत भइ बोलकबोलबाट औषधी आएमा आफनो कमिशन नआउने भएकाले परेको टेण्डर स्वीकृत नगरी रद्ध गरेर पुरानै ठाउंबाट पुरानै प्रक्रियाबाट आषधी ल्याउने गरेको उक्त केन्द निकट्र स्रोतले जानकारी गराएको छ ।
उक्त बिषयमा रेडक्रस बर्दियाका प्रशासकिय अधिकृत रहेका हरि के.सी.ले हाम्रोसंरचना अनलाइन संग प्रतिक्रिया दिदै रेडक्रस बर्दियाले सञ्चालनमा ल्याएको उक्त आंखा तथा कान उपचार केन्द्र कानुनी दर्ता बीनानै सञ्चालनमा गर्ननहुने र त्यसलाई दर्ता प्रक्रियामा लैजाने प्रतिबद्धता जनाउनु भयो । त्यसैगरि
औषधी खरिदमा प्रक्रियामा कमिशन खाने अभियोग सम्वन्धमा हरि के.सी.ले अस्पताललाइ आंखा अप्रेशन गर्ने क्रममा चाहिने औषधी समेतको टेण्डर गरेको बिषयमा आफुहरुले १ सय ७८ किसमिको औषधी खरिद गर्न टेण्डर आब्हान गरेकोमा ६० वटा एउटै फर्मबाट उपलब्ध गराउने गरि टेण्डर परेकाले सवीकृत नगरिएको र पुरानो सम्पर्क रहेको होलसेलर बाट औषधी लिने गरेको स्वीकादै आगामी दिनमा सच्याएर अगाढी बढने हाम्रोसंरचनासंग टेलीफोन बार्तामा प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
अस्पतालमा सामन्य स्वास्थ्य कर्मि रहने र डाक्टर नरहेको बिषयमा पनि सच्याएर आगामी दिनमा डाक्टर उपलब्ध गराएर केन्द्रलाई सञ्चालन गर्ने जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । ८ आश्विन २०७४, आईतवार ०८:३०