भेला तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

कोहलपुर / नेकपा एमाले कोहलपुर नगरपालिका वडा न.४ले नजिकिदै गरेको हिन्दु तथा मुस्लिम हरुको पर्व दशै, तिहार, छठ र मोहरमको उपलक्ष्यमा आइतवार शुभकामना आदान प्रदान सहित वृहत वडा भेला सम्पन्न गरेको छ।

घर घरमा एमाले अभियान सन्चालन गरेको एमाले बाकेले कोहलपुर ४मा पाटिका संगठित तथा साधारण सदस्यहरुको उपस्थितिमा भेला तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेकोछ।

नेकपा एमालेका प्रदेश न ५का निर्वाचन परिचालन कमिटी सदस्य पुजन विश्वकर्माले सम्बोधन गर्दै राष्ट्रिय राजनितिमा एमालेको महत्वपूर्ण भुमिकाले जनताले एमालेलाइ विश्वास र भरोसा गरेको बताए।

भेलाको प्रमुख अतिथी समेत रहेका पुजन बिश्वकर्माले दशै तिहार छ्ठ मोहरम पर्वको शुभकामना व्यक्त गर्दै जनताको मतको कदर गर्दै एमाले ठुलो शक्त्तिका रुपमा आएको र जनताले दिएका सबै अभिभारा पुरा गर्न एमाले तयार रहेको बताए।

भेलामा नेकपा एमाले बाकेका सचिवालय सदस्य सुर्य ढकाल,अब्दुल हुसेन खान,बसन्ती अधिकारी,नगर संगठन कमिटी सचिव खिलप्रसाद भुषाल,र नेकप| एमाले बाकेका पूर्व जिल्ला सचिब गोपाल गिरि लगाएतले भेलालाइ सम्बोधन गर्दै शुभकामना दिएका थिए।
भेला वडा न ४ का अध्यक्ष सफिफ मोहमद गुजरको अध्यक्षतामा सम्पन्न भएको थियो।