सावधान ! नेपालगञ्जमा थरि–थरिका चोरहरुको बिगबिगी बढेको प्रहरी तथ्याङ्क

१० असोज,नेपालगञ्ज/ नागरिकहरु चाड–पर्वहरुको समयमा ब्यस्त रहने मौका छोपी चोरहरु पनि मस्त रहने गरेका उदाहरण जिल्ला प्रहरी कार्यालय बांकेले सोमबार पत्रकारहरुसंग नियमित भेटघाट गरि सार्वजनिक गरेको छ ।  
यहि गएको भदौ ३१ गते नेपालगञ्जको वडा नम्वर ४ मा पर्ने बसपार्क रोडमा ५ जनाको समूहमा रहेका चोरहरु मिलेर दशै मान्न रुकुम घर जान लागेका अम्मर योगीको पकेटबाट रु ५० हजार रुपैया चोरि भयो ।
उक्त चोरि घटनामा संलग्नलाई जसरी पनि पक्राउ गर्न प्रहरीलाई दवाब भयो ।

खोज –तलासको क्रममा प्रेम कामी र बीर बहादुर नेपालीले पुःन सल्यान घर भएका चन्द्र कामीको पकेटबाट ३७ हजार ५०० रुपैया चारी गरेकै समयमा रंगेहात पक्राउ गरेको र आवश्यक कार्बाही प्रक्रिया अगाढी बढाउको प्रहरीले जानकारी दिएको छ ।

पुष्पलाल चौक देखी बिधुत कार्यालय सम्मकोे क्षेत्र उठाएका ति चोरहरु मध्य २ जना पक्राउ परेको र ३ जना फरार रहेका छन ।

चोरहरुको पनि संगठन हुने र तिनिहरुको नाइकेले तोकेको क्षेत्रमा कार्य गरि सबैले भाग वण्डा गरेर पेशा सम्हाल्दै आएको यस अघिका घटनामा पक्राउ परेका चोरहरुले बताइसकेका छन ।
नेपालगञ्जमा धेरै समय पछी पकेटमार चोरहरु सक्रिय रहेको घटनाक्रमले देखाएको छ ।

यहि भदौ २९ गते नेपालगञ्जको सानिमा बिकास बैक अगाढी बाटोमा एक जना बृद्धको शरिरमा बिस्कुटको लेदो बनाई दिशा लागेको जस्तो देखिने गरि शरिरमा रहेको कपडामा पछाडीबाट लगाइदिएर ध्यान कपडा पखाल्न लागेको बेला चोरी गरि भाग्ने क्रममा स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।

भारत गोरखपुरका जोनी दास र सोनी दास बताउने ती ब्यक्तीहरुले यस अघि गत बर्ष कार्तिक ५ गते भम्बोजी सिटिजन बैक अगाढीबाट निर्णय जंग मल्लको घाटिमा काउचो छर्की निजको साथमा रहेको रु ६ लाख रुपैया लुटी फरार भएकोमा गत हप्ता ति चोरहरु पक्राउ परेका हुन ।
नेपालगञ्जमा अनुकुल समयमा स्थानिय चोरहरुले भारतका बिभिन्न ठाउंबाट चोरहरु कमिशनको आधारमा आयात गरेर काममा लगाउने गरेका छन । सबै सुचना तथा जानकारी र योजना नेपालकै चोरले बनाइदिने र मानिसले चिन्छन भनेर काममा भारतका आयातित चोरहरुलाई लगाउने गरेको पनि यस पाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजना गरिएको भेटघाट तथा दशैको शुभकामना आदान प्रर्दान सगै पत्रकारहरुसंगको हाल सम्म गरेका बिभिन्न क्रियाकलापको सार्वजनिक गर्ने क्रममा भदौ ३० गते नै भारतबाट काम गरि दशै मान्न घर जानेक्रममा रुपैडियामा गई होटेल साहु भएको र खाने बस्ने मिलाइदिन्छु भनी जाजरकोटका तिलक रावललाई लुटने खेमराज भटटराई, भारतबाट काम गरि रुपैडियाबाट नेपालगञ्ज आउने क्रममा बढी भाडा असुल गर्ने ८ जना रिक्सा चालक तथा नेपालगञ्ज वडा नम्वर ४ सल्यानीबाग क्षेत्रमा कार्टुनमा ५ केजी चरेश बोकी बिक्री गर्न हिडेका सुदिप र पहल बि.सीं.लाई पक्राउ गरि कार्बाही प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायव उपरीक्षक सुधिर राज शाहीले बताउनु भयो ।

पर्वहरु आपसी एकता,सदभाव खुशियाली मनाउने माध्यम भएकाले प्रहरी सहयोगीको रुपमा रहने

विजया दशमी र ईस्लाम धर्मावलम्बीको नयाँ वर्षसंगै मोहर्रम पर्वको क्रममा सबै समूदाय, जात बर्ग, धर्मका मानिसले आपसी सदभाव, एकता र एक अर्काको सहयोगी भएर खुशियाली साटा–साट गरेर मनाउनु पर्ने भएकाले प्रहरीले त्यसका लागी आवश्यक योजनाका साथ सहयोगी भुमिका निर्वाह गर्ने र त्यसका लागी सबै पक्षको सहयोगी भुमिकाका लागी आग्रह पनि गरेको छ ।