हाम्रो संरचना सोमवार, अशोज ४, २०७८ 634 Views

९ असोज,नेपालगञ्ज/ राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सह महामन्त्री पशुपति दयाल मिश्र नेकपा एमालेमा प्रबेश गर्ने हल्लाकै  भरमा राष्ट्रिय जनता पार्टी नेपालले पार्टीको साधारण सदस्यमा समेत नहने गरि निष्काशित गरेको छ ।   
राष्ट्रिय जनता पार्टी नेपालको अनुशासन बिभाग प्रमुख तथा पार्टीका केन्द्रिय सदस्य रामकुमार दिक्षितले हस्ताक्षरण गरेको सोमबार जारी गरेको बिज्ञप्तीमा साधारण सदस्यबाट निष्काशित गरेको उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा राष्ट्रिय जनता पार्टी नेपालले केन्द्रिय सह महामन्त्री पशुपति दयाल मिश्रलाई पार्टी महत्वपुर्ण जिम्मेबारी दिदै आएको उल्लेख गरिएको छ ।

निजले बारम्बार पार्टीलाई नै समाप्त पार्ने कार्य गरिरहेको हुनाले पार्टी बाट पदमुक्त गदै साधारण सदस्यबाट निष्काशन गर्न बाध्य भएको जनाएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालको अधिकांस केन्द्रिय नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रबेश गरिसकेको र केही प्रबेशको तयारीमा रहेको बेला, पशुपती दयाल मिश्रलाई साधारण सदस्यबाट समेत नरहने गरि निस्कासन गरेको जनाएको छ । राष्ट्रिय जनता पार्टीस्रोतले भने पशुपती दयाल मिश्रा एमालेमा प्रबेश गरिसकेकाले कार्वाही गरेको बताएको छ ।