बडादशैंको अवसरमा नेपालगञ्ज लगायत देशभर हर्ष बढाई

११ असोज, नेपालगञ्ज/बडादशैंको नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुन्छ । फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । 
नेपालगञ्जमा नगरका बिभिन्न ठाउंमा देबी देवताका मुर्ति सडकमा स्थापना गरि भक्तजनहरुले पुजा गर्ने र आजै बागेश्वरी माताको मन्दिरमा सुरक्षाकर्मिहरुको टोलीले फुलपाती बढाई गर्दछन ।

बढाई समारोहमा बांकेका प्रमुख जिल्ला अधिकारी,नेपाली सेनाका नेपालगञ्ज क्षेत्रका प्रमुख,शसस्त्र प्रहरी, जनपद प्रहरीका साथै सञ्चारकर्मि, एवम सर्वसाधरणहरुको उपस्थित रहने गरेको छ ।

नवरात्रीको अवसरमा नेपालगञ्जको वडा नम्वर १३ स्थित रामलिला मैदानमा हरेक दिन सांझm रामलिला कार्यक्रम मञ्चन भइरहेको छ ।

देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महा सप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ ।आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ ।

आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।

काठमाण्डौंमा गोरखा दरवार स्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने साइत पारेर टुँडीखेलमा नेपाली सेनाले फूलपाती बढाईं गर्छ ।  उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहन्छ ।

आजै काठमाडौंका नेवार समुदायका घर९घरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरु, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ । किसानले खेतबाट धानका बाला घरमा भित्र्याएर पूजा गर्ने गर्छन् ।

शक्ती सोरुपनी दुर्गा माताका बिभिन्न रुपमा रहेका बिभिन्न शक्ती पिठहरुमा गएर भक्तजनहरुले पुजा आजा गरेर दशै आगमनको हर्ष बढाई गर्ने गरेको चलन रहेको र आज भइरहेको पनि छ ।