१३ असोेज, नेपालगञ्ज/ नेपाल चिकित्सक संघले गरेको देशव्यापी हडताल शुक्रवार फिर्ता लिएको छ। संघको आब्हानमा आठ दिनदेखि मुलुकभरिका निजी, सरकारीलगायतका सबै स्वास्थ्य संस्थामा आकस्मिक वाहेकको सेवा ठप्प थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सरकार र संघबीचको बार्ता पछि सहमति भएको हो।
नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीका अनुसार सरकारले चिकित्सक र अस्पताल विरूद्ध आक्रमण, दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्ने गरी कानुनमा संशोघन गर्ने सहमति जनाएको छ।
यस्तै चिकित्सकहरूको सेवा निवृत्त हुने उमेर ६५ वर्ष गर्न प्रकृया अघि बढाउने, विरामीबाट लिंदै आएको ५ प्रतिशत कर हटाउन प्रकृया शुरू गर्ने, स्वास्थ्य क्षेत्रकै व्यक्ति स्वास्थ्य सचिव हुने लगायतका मागमा सरकारले पहल गर्ने सहमति भएको छ ।
हाम्रो संरचना । १४ आश्विन २०७४, शनिबार ०६:४९