बाम एकताको घोषणा पछी आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

१८ असोज,नेपालगञ्ज/ काँग्रेसले परिवर्तित राजनीतिक विषयमा छलफल गर्न आज बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक  बोलाएको छ । एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको कदमबाट काँग्रेसले आगामी निर्वाचनमा बाधा पर्नसक्ने आशंका व्यक्त गरेको छ । 

सोही आशंका बीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग परिवर्तित विषयमा छलफल गरेका गरिसक्नु भएको छ ।

आज बुधबार बिहान राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलगायतसँग परामर्श गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेसका शीर्ष तथा प्रभावशाली केन्द्रीय सदस्यहरूको मंगलबार नै बसेको बैठकले कम्युनिस्ट पार्टीहरूबीच  भएको एकताको कदमलाई अस्वभाविकरुपमा लिएको नेता विमलेन्द्र निधीले जानकारी  दिनुभएको छ ।

बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, रामशरण महत, नेता निधी, डा मिनेन्द्र रिजाल, महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, डा प्रकाशरण महतलगायत उपस्थित थिए ।