आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक, १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता कायम

१८ असोज,नेपालगञ्ज/ आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा १ करोड ५४ लाख २७ हजार सात सय ३१ मतदाता कायम भएका छन्। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले चुनावका लागि तयार गरिएको अन्तिम मतदाता संख्या स्वीकृत गरि  मतदाताको नामावली वेबसाइटमा प्रकाशन गरेको छ।   

नामावलीअनुसार पुरुष मतदाता ७७ लाख ७६ हजार चार सय ९६ छन् भने महिला ७६ लाख ५१ हजार ५६ छन्।

स्वीकृत नामावलीअनुसार प्रदेश नं. १ मा २९ लाख ९३ हजार ६ सय ६९ ,

प्रदेश नं. २ मा २७ लाख ६९ हजार तीन सय ६९ ,

यस्तै प्रदेश नं. ३ मा ३० लाख ७४ हजार चार सय १२,

प्रदेश नं. चारमा १३ लाख ६८ हजार आठ सय २९ ,

प्रदेश नं. ५ मा २७ लाख ४० हजार आठ सय ४८,

प्रदेश नं. ६ मा आठ लाख ४६ हजार नौ सय ३३,

प्रदेश नं. ७ मा १४ लाख ३५ हजार ६ सय ७१ मतदाता छन्।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेकै दिन भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाहरूको नाम नामावलीमा समावेश गरिएको छ।

निर्वाचन क्षेत्र निर्धारण भएका विवरण :-

कुन जिल्लामा कुल कति मतदाता भए हेर्न क्लिक्स गर्नुहोस…

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधी सभा र राष्ट्रिय सभाकको निर्वाचणका लागी खटाइएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको विवरण