सेनाद्धारा ९ किलो ७ सय ग्राम चरेस सहित एक महिला नियन्त्रणमा

२२ असोज, भुरिगाउँ, बर्दिया /  बर्दियाको आम्बासाबाट झण्डै १० किलो चरेससहित एक महिला पक्राउ परेकी छिन् । पुर्ब पश्चिम राजमार्ग अन्तरगत बर्दियाको आम्बासा चेक पोष्टबाट बर्दिया राष्ट्यि निकुन्ज सुरक्षार्थ खटिएको शिब दल गणको नेपाली सेनाले झण्डै १० किलो चरेस सहित ३० बर्षिया पबित्रा पुनलाई नियन्त्रणमा लिएको  हो ।  

रुकुम काक्री-६ घर भई हाल दाङ्गको घोराही उपमहानगरपालिका ६ बस्ने ३० बर्षिया पबित्रा पुनलाई चरेस सहित सेनाले पक्राउ गरेको हो । काठमाडौबाट धनगढीका लागि छुटेको रात्री बसमा लमहिबाट धनगढि जान लागेकी पुनलाई ९ किलो ७ सय ग्राम चरेस सहित सेनाले आम्बासाबाट नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ ।

नियन्त्रणमा परेकी महिलालाई सेनाले इलाका प्रहरी कार्यालय भुरिगाउँको जिम्मा लगाएको थियो । थप अनुसन्धानका लागि महिलालाई सदरमुकाम गुलरिया पठाईएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

नेपाल प्रहरीको ७ बुदे केन्द्रिय मुख्य निर्देशनमा नै लागु पदार्थ कारोबारो नियन्त्रण गर्न जिल्ला प्रहरी प्रमुखलाई प्रगति विवरणमा माग गर्ने गरिरहेकाले प्रहरी त्यस तर्फ सक्रिय भएपछी लागु पदार्थका कारोबारीहरु हाल केही अप्ठयारोमा परेर तस्करीमा महिलाहरुलाई पनि प्रयोग गर्ने गरेको घटनाक्रमहरुले प्रमाणित गरीरहेको छ ।

यस क्षेत्रकै पहिलो राही मार्ट प्रा.लि.द्धारा सञ्चालित डिपार्टमेन्ट स्टोर,नेपालगञ्जको धम्बोजी चौकमा सञ्चालनमा आइसकेको छ। एउटै छातामुनि सम्पूर्ण घराइसी समानहरु,उच्च गुणस्तरीयका साथ,सुपथ मुल्यमा उपलब्ध रहेको सहर्ष जानकारी गराउदै, ग्राहक महानुभावहरुमा सेवाका गर्ने मौंका दिनहुन हार्दिक अनुरोध गर्द छौ। राही मार्ट प्रा.लि.