काठमाडौंमा दुई भारतीय ‘सार्प सुटर’ पक्राउ

२३ असोज /काठमाडौंमा दुई भारतीय ‘सार्प सुटर’ पक्राउ परेका छन् । भारतबाट काठमाडौं आएका उनीहरुलाई शनिबार जोरपाटीबाट प्रहरीको आतंकवाद हेर्ने विशेष व्यूरोले पक्राउ गरेको हो ।

उनीहरु भारतीय प्रहरीको मोस्ट वान्टेडको सूचिमा रहेको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादव छन्

प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु एक नेपाली व्यापारीको हत्या योजना अनुसार नेपाल प्रवेश गरेको देखिन्छ । भारतबाट नेपाल भित्रन सहज भएकाले उनीहरु सहजै नेपाल भित्रिएको र कसैको हत्या योजना थियो वा थिएन भन्ने पूर्ण जानकारी नभइसकेको महानरीय प्रहरी आयुक्त एआइजी जयबहादुर भन्दले जानकारी दिनुभयो ।

सार्प सुटर नेपाल प्रवेश गरेको प्रहरीको आतंकवाद हेर्ने विशेष व्यूरोलाई सूचना आएको थियो । त्यही सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको गरेको जनाएको छ । पक्राउ परेका उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका चरणमै भएकाले उनीहरु काठमाडौं आउनुको कारण पनि खुलिनसकेको प्रहरीले जनाएको छ ।