हाम्रो संरचना बिहिबार, साउन २९, २०७७ 372 Views

२३ असोज/ जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित बन्यजन्तु कस्तुरीको बिना सहित २ जनालाई पक्राउ गरेको छ । 

विशेष सुराकीका आधारमा कस्तुरीको बिना सहित जुम्ला तिला गाँउपालिका २ का कर्ण बोहरा र जुम्ला मालिका गाँउपालिका २ का चन्द्रबहादुर रावतलाई प्रहरीले वीरेन्द्रनगरको पीपलचौताराबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले उनीहरुको साथबाट पाँच पिस विना बरामद गरिएको बताए । पक्राउ परेका दुवै जनालाई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाएको छ ।